गरुडा,२६ मंसिर । विवेकशील साझा पार्टीका केन्द्रिय सदस्य विवेक भन्ने राम सोगारथ शर्माले साझा र विवेकशील नेपाली दलबीच भएको एकताले देशमा अब शुसाशन कायम हुने दावी गरेका छन । सम्पुर्ण नेपालीको हित र रक्षाका लागि नै विवेकशील साझा र विवेकशील नेपाली दलबीच बुधबार एकता भएको नेता शर्माले बताएका छन । रौतहटको गरुडामा बिहीबार पत्रकारहरुसँग कुराकानी गर्दै शर्माले यस्तो बताएका हुन । साझा पार्टीका केन्द्रिय सदस्य विवेक शर्माले दुवै पार्टीविच एकता भएपछि अब देशमा शुशासन र स्थायीत्व कायम हुने बताएका छन । विवेकशील साझा पार्टीले नै देशमा बढेको भ्रष्टाचार, हत्या, हिंसा, बलात्कार, गुण्डागर्दी लगाएत गलत क्रियाकलापहरुलाई नियन्त्रण गर्न सक्ने उनले बताएका छन । देशमा शुशासन कायम गर्न र देशलाई समृद्ध तथा विकसीत बनाउन अब साझा पार्टीको विकल्प नरहेको समेत उनले दावी गरेका छन । दुवै पार्टीबीच भएको एकताले देशमा एउटा नयाँ तरंग पैदा भएको र यसले नेपाली राजनितीमा ठुलो परिवर्तन ल्याउने समेत नेता शर्माले ठोकुवा गरेका छन । विविसी नेपाली सेवाका पुर्व चर्चित पत्रकार रविन्द्र मिश्र जस्तो विदयवान, नीडर र क्षमतावान व्यक्ति यसपार्टीका केन्द्रिय अध्यक्ष तथा शिक्षा क्षेत्रमा निरन्तर कलम चलाएका शिक्षा विद मिलन पाण्डे जस्तो व्यक्ति संयोजक रहेकोले यो पार्टी आफैमा सक्तिशाली पार्टी भएको नेता शर्माले बताएका छन । दुई दुई जना शक्तिशाली र प्रभावशाली व्यक्ति यस पार्टीको प्रमुख पदमा रहेकोले अबको विकल्प विवेकशील साझा पार्टी नै रहेको समेत उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here