काठमाडौं, २८ मंसिर । सर्लाहीका उखु किसानले काठमाडौं केन्द्रित आन्दोलन थालेका छन् । चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पुरा नभएको भन्दै आइतबारदेखि उनीहरुले काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिन थालेका छन् । उनीहरूले गत वर्षको पुस १६ गते भएको सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् । माइतिघर मण्डलाबाट निकास ननिस्किए सिंहदरबार र बालुवाटार घेराउसम्मको आन्दोलन गर्ने उनीहरुको चेतावनी छ ।
उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रका अनुसार सरकारले किसानसँग गरेको पटक९पटकको बाचाअनुसार मंसिर २६ गतेसम्म किसानले बक्यैता प्राप्त गर्नपर्ने भएपनि एक वर्षको अवधिमा कुनै प्रगति नभएको मिश्रले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here