गरुडा,३० मंसिर । जिल्ला प्रहरी कार्यालय रौतहटले अबैध रक्सीभठी भष्ट तथा बिक्री बितरण नियन्त्रण अभियान चलाएकै बेला ईलाका प्रहरी कार्यालय रक्सी पसलले घेरिँदै गएको छ । सई लतिफ अन्सारीको मिलोमतोमा दिन प्रतिदिन प्रहरी कार्यालयको चौतर्फी अबैध रक्सीको पसलमा बृद्धी हुंदै गएको छ । एकाबिहानै देखी अबेर रातीसम्म कटहरिया बजारको उतर पस्चिम थानाको चौतर्फी रहेको पसलहरुमा खुलमखुला रक्सीको बिक्री बितरणले अपराधिक घटनामा समेत बृद्धी भएको छ ।
केहीदिन अघिमात्र कटहरिया गाउंदेखी बजारको ५ स्थानमा एकैरातमा लाखौंको चोरी भएको थियो । अनियन्त्रीत रुपमा रक्सीको बिक्री तथा सेवनले चोरी,डकैतीका साथै महलिा हिंसामा समेत बृद्धीभएको महिला सुरक्षा दवाब समुहकी अध्यक्ष देवकी नेपालले बताइन् । तर कटहरियामा दिन प्रतिदिन अबैध रक्सीको कारोवारमा प्रहरीको मिलोमतो रहेको गाँउलेहरुले बताएका छन । ईलाका प्रहरी कार्यालय कटहरियामा कार्यरत घुमुवा प्रहरी मासिकरुपमा पैसा असुलेको कारण हाल थनाको चौतर्फी आधादर्जन बन्दा बढी अबैध मदिरा पसल सञ्चालनमा रहेको छ । हाट बजारको दिन बुधवार र आईतवार थानाको मात्र ५० मिटर उतर रहेको रक्सी पसलहरुमा सैयौं मानिस रक्सी खा“दै अबेर रातीसम्म होहल्ला गर्दछन ।तर ईलाका प्रहरी कार्याल कटहरियाका प्रमुख सई लतिफ अन्सारी आर्थिक मोहमा परेर मुकदर्शक बनेको कटहरियाबासीको दाबी रहेको छ । रौतहट प्रहरी प्रमुख एसपी शिद्धी बिक्रम शाहले रक्सी पसले तथा तस्कर संग अबैध पैसा असुल गरीरहेका घुमुवा प्रहरी धिरेन्द्र यादवलाई कार्वाहीको दायरामा ल्याउने र कटहरियाको अबैध रक्सीको कारोवार नियन्त्रणगर्ने प्रतिवद्धता जनाएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here