रुपेन्द्र पटेल
चन्द्रपुर,१ पुस ।
रौतहटको चन्द्रनिगाहपुरमा भएको उप मेयर कप महिला राष्ट्रिय कराते प्रतियोगिता मंगलबार सा“झ सम्पन्न भएको छ । प्रतियोगितामा ललितपुरका नागअर्जन नगरपालिका प्रथम, रौतहटको चन्द्रपुर नगरपालिका द्वितीय र सिरहा गोलबजार नगरपालिका तृतीय भएको हो । ४५ केजि तौलसमूहको नागअर्जन नगरपालिका प्रथम र ४० केजि समुहका चन्द्रपुर नगरपालिका द्वितीय र ३५ केजि समुहका गोलबजार नगरपालिका तृतीय भएको आयोजक समितिले जनाएका छन् उक्त कराते प्रतियोगिता चन्द्रनिगाहपुर स्थित तुलसीलाल अमात्य स्मृती रंगशालामा भएको थियो ।
चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा भएका सो कराते प्रतियोगितामा देशका बिभिन्न १८ वटा नगरपालिकाकी महिला कराते खेलाडीहरुको सहभागिता भएको थियो । लामो समयको बन्दाबन्दी पछि रौतहट जिल्लामा पहिलो पटक राष्ट्रिय स्तरको प्रतियोगिताको आयोजक नेपाल सितोरियो करांते संघ रौतहटका अध्यक्ष अशोक कुमार पहाडीले जानकारी दिएका छन ।
खेलमा २ सय भन्दा बढी महिला खेलाडीहरुको सहभागिता रहेका पहाडीले जानकारी दिए ।
हरेक तौलमा बिजयी प्रथमलाई नगद ५ हजार, द्धितिय ३ हजार, र तृतिय खेलाडीलाइ १÷१ हजार नगद पुरस्कार दिएको पहाडीले बताएका छन । खेलाडी महिला २५, ३०, ३५, ४०, ४५, ५०, ५५ र ६० किलो तौल समुहमा प्रतिस्पर्दा रहेको थियो । यस्तै सिन्धुलिको दुधौलि नगरपालिका अनुसासित टिम पनि सगभागिता रहेको थियो ।
यश प्रतियोगितालाई सफल पार्न प्रदेश २ का प्राबिधिक संयोजक सुरेन्द्र कुमार श्रेष्ठले प्रतियोगिता सफल पार्न अहम भुमिका निर्वाह गरेका थिए ।
उप मेयर कप महिला राष्ट्रिय कराते प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अतिथी चन्द्रपुर नगरपालिकाकी उप–मेयर राम रति चौधरी, बिशिस्ट अतिथि नेपाल सितोरियो करांते संघका अध्यक्ष दावा गुरुङ तथा अतिथीहरुमा चन्द्रपुर नगरपालिकाका प्रमुख प्रहासकीय अधिकृत कृष्ण सिग्देल, नेपाल टेक्निकल कमिटीका अध्यक्ष प्रकाम मान दावरे, नेपाल फुटबल संघका नेपाल कार्की, समाजसेवी विनोध चौधरी रहेका थिए ।
यश प्रतियोगिता संचालन गर्न निर्णायकको तर्फबाट संयोजकमा कुनती गुरुङ तथा सह– संयोजकमा सिर्जना अधिकारी रहेको थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here