यौनको कुरा ? फेरि तपाईंले नाक खुम्च्याउनुभयो । किनभने तपाईं(हामीलाई लाग्छ, छिः छिः यो त छाडा कुरा । कसैले यौनको विषय उप्काउनसाथ हामी भन्छौं, कस्तो नकचरो ? लाज पचाएको मान्छे ? यस्तो छाडा कुरा पनि गर्न हुने हो ? बरु धर्म–कर्मको कुरा गर्नु नि । हो त, हामीलाई लाग्छ यौन भनेको छाडा कुरा नै हो । यौनको विषयमा कुरा गर्नु भनेको लाज पचाउनु नै हो । यौन भनेको गर्नैै नहुने हो । आखिर हाम्रो मनमा यौनको कुरा किन यसरी धमिलियो ? के साँच्चै यौन छाडा कुरा हो ? यसको विषयमा कुरा गर्नै हुँदैन ? तपाईं आफ्नो दौतरीबीच यौनको कुरा गर्नुहुन्छ । तर, ख्याल ठट्टाको रुपमा । अरुको सामुन्ने त तपाईंको वाक्य नै फुट्दैन । भद्रभलाद्मी, आफन्त, दाजुभाई(दिदीबहिनीको अगाडि यौनको प्रसंग आउनसाथ तपाईं लाजले लज्जावती झार झै खुम्चनुहुन्छ ।
किन यस्तो हुन्छ ?
किनभने हाम्रो दिमागमा समाजले यौन भनेको छाडा कुरा भन्ने घुसाइदियो । जबकी यौन आफैमा छाडा कुरा होइन । यो प्राकृतिक कुरा हो । शारीरिक आवश्यक्ताका कुरा हो । यौन त्यसबेला मात्र छाडा हुन्छ, जब यसको सीमा र परिधीको ख्याल गरिदैन । हरेक कुराको आफ्नो सीमा हुन्छ । जब त्यो सीमारेखाभन्दा बाहिर पुग्छौं, त्यो स्वभाविक मानिदैन ।
खासमा बर्बतापूर्ण यौन सम्बन्धलाई छाडा भन्न सकिन्छ । अपराध भन्न सकिन्छ । यौन आशक्ति हुनु राम्रो होइन । यौन कुष्ठाले पनि अनेक बिकार निम्त्याउंछ ।
यौन सम्पर्कका फाइदा
पति–पत्नी भएपछि स्वभाविक रुपमा यौन सम्पर्क स्थापित हुन्छ । यौन सम्पर्क शारीरिक आवश्यक्ता हो । यौन सम्पर्क गर्नु जति फाइदाजनक छ, नगर्नु उत्तिनै हानिकारक पनि । यदि तपाईं यौन सम्पर्क गर्नुलाई नराम्रो ठान्नुहुन्छ र सकेसम्म यसबाट पन्छिनु हुन्छ भने, तपाईं आफ्नो स्वास्थ्यसँग खेलबाढ गरिरहनुभएको छ । हुनसक्छ, तपाईको स्पर्म क्वालिटी कम हुनसक्छ र क्यान्सर हुने खतरा पनि बढ्न सक्छ ।
भनिन्छ, यौन सम्पर्कलाई पहरेज गर्दा कतिपय शारीरिक तथा मानसिक समस्याको शिकार हुनुपर्छ । पुरुष मात्र होइन, महिलाले पनि यस विषयमा ख्याल गर्नुपर्छ । के हुन्छ त यौन सम्पर्कलाई पहरेज गर्दा ?
तनाव
एक अध्ययन अनुसार जो यौन सम्पर्कबाट टाढै रहने प्रयास गर्छ, उनीहरुलाई तनावले घेरा हाल्न सक्छ । कहिले काहीं भिडभाडमा पनि तनावमा आउन सक्छ । किनभने यौन सम्पर्क गर्दा एन्डोर्फीन हर्मोन अर्थात फिल गुड हर्मोन स्राव हुन्छ, जसले तनाव रोक्न मद्दत गर्छ ।
डिप्रेसन
यौन सम्पर्कलाई पहरेज गर्दा सबैभन्दा ठूलो असर त, यसले डिप्रेसनमा पु¥याउन सक्छ । खासगरी उनीहरु डिप्रेसनमा पर्न सक्छन् । एक अध्ययन अनुसार मेलाटोनीन, सेरोटोनीन र अक्सिटोसीन पुरुषको विर्यमा रहन्छ, जसले महिलालाई मुड बनाइराख्नका लागि सहयोग गर्छ ।
इरेक्टाइल डिसफङशन
एक अध्ययन अनुसार जो व्यक्ति हप्तामा दुई पटक यौन सम्पर्क गर्छ, उसमा इरेक्टाइल डिसफङनको समस्या त्यती हुँदैन, जो यौन सम्पर्कबाट टाढा रहन्छन् । किनभने पटक पटक यौन सम्पर्क गर्दा पेनाइल मसल्स बलियो हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here