चन्द्रपुर,१ पुस । रौतहटको चन्द्रपुर—५ नहर टोलका ५१ जना महिलाहरुलाई चौबन्दि चोली वितरण गरिएको छ । चन्द्रपुर नगरपालिकाको वडा नं— ५ स्थित नहर टोलमा मंगलबार एक कार्यक्रमको आयोजना गरि जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा रौतहट क्षेत्र नं—४ का सांसदका प्रत्यासी, समाजसेवी कन्थमणि प्रसाद जयसवालको प्रमुख आतिथ्यतामा सो कपडा वितरण गरिएको स्थानियवासिन्दा चन्द्र किशोर बैठाले बताएका छन् । नहर टोलका अधिकांस नागरिकहरु जाडोका कारण जिवनयापन गर्न कठिनाइ भोगीरहेकाले युवा स्थानिय कल्याण राउतको एकल अािर्थक सहयोगमा ५१ जना महिलाहरुलाई सो चौबन्दि र चोली बितरण गरिएको जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य प्रेम नारायण झाले बताए । प्रमुख अतिथि कन्थमणि प्रसाद जयसवालले गत स्थानिय चुनावमा पराजित भएतापनि आफु करिव , दुखी जनताहरुको साथमा रहि रहेको बताएका छन् । नहर डिलमा लामो समयसम्म बस्दै आएका बासिन्दाहरुलाई हटाउने ताकेता गरेका स्थानिय सरकारलाई उनीहरुको ब्यबस्थापनको सुनिश्चितता ग्यारेन्टि नभएसम्म लखेट्ने प्रयास कुनै पनि हालतमा जनता समाजवादी पार्टीलाई मान्य नहुने उहाले जिकिर गरेका हुुन् । सो कपडा वितरण सम्पन्न भए लगतै सो वडामा रहेका आफ्ना कार्यकर्ताहरुलाई नेतृत्व विकास क्षमता अभिवृद्धि तथा पार्टी सुदृढिकरण सम्बन्धि अन्तक्रिया समेत गरेका थिए । जनता समाजवादी पार्टी चन्द्रपुर नगरपालिका वडा नं— ५ का अध्यक्ष चन्द्र किशोर बैठाको सभा अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर अध्यक्ष लक्ष्मी नारायण चौधरी ,टेक बहादुर , मोहन ठाकुर चन्दन जयसवाल लगायत स्थानिय नाागरिकहरुकको समेत सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here