अशोक पहाडी
रौतहट,३ पुस । प्रहरीले रौतहटमा एकजनालाई हतियार सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ति टोलीले हतियार सहित यमुनामाई गाउपालिका वडा नं.४ वस्ने वैधनाथ साहको छोरा अं.वर्ष २५ को दिलिप साहले कम्मरमा भिरेर हिडेको अवस्थामा कटुवा पेस्तोल सहित पक्राउ गरेको हो । उनलाई प्रहरीले बिहिबार साझ चन्द्रनिगाहपुर गौर सडको बमनहरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख सिद्धि बिक्रम शाहले जानकारी दिए ।
पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय रौतहट गौरमा राखेर थप अनुसन्धान भईरहेको शाहको भनाइ रहेको छ यसभन्दा पहिला रौतहट प्रहरीले बुधबार राती नल कटुवा बन्दुक सहित अर्का एकजना पक्राउ परेका थियो । नल कटुवा बन्दुक सहित जिल्लाको कटहरिया नगरपालिका ७ बगहीका २० वर्षिय राजमहम्मद आलम पक्राउ परेका थिय । कटहरिया नगरपालिका ७ बगही स्थित सडकबाट उक्त बन्दुक सहित आलमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको थियो । दुबै जनालाई मोटर साईकलमा नलकटुवा पेस्तोल बोकेर हिडेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।