अमृत सापकोटा,
चन्द्रपुर,४ पुस । राष्ट्रिय गौरबको योजनाको रुपमा रहेको पुर्ब पश्चिम रेलमार्ग निर्माण कार्य मापदण्ड बिपरित भैरहेको छ । काममा सरोकारवाला निकायको वेवास्ताका कारण रौतहटको चन्द्रपुर नगरपालिकामा निर्माणाधिन रेल मार्गको काम कमजोर र गुणस्तरहीन भएको खुलेको छ । लामा र गोल्डेन गुड कन्स्ट्रक्सनले ठेक्का पारेको ठेक्का नं ४ को कामको शुरूवाती चरणमै गुणस्तरहिन देखिएको छ । सो कम्पनीले पेटी ठेक्कामा काम दिएको चौधरी कन्ट्रक्सनको सुरुवाती काममै गुणस्तरहिन भएको जानकारहरुले तराई एक्सप्रेसलाई बताएकाछन् ।
हरेक १५ –१५ सेन्टीमिटरमा रोलिङ गर्नुपर्नेमा पेटी ठेक्का पाएको चौधरी कन्ट्रक्सनले त्यो गरेको पाइदैन् ।
चन्द्रपुर नगरपालिका वडा नं. ८ सन्तपुर देखि चादि नदि सम्म निर्माण भईरहेको रेलमार्गको बेसमा सफा नगरि गहु बाली माथि नै प्राविधिकले एआई नगरेको चादि नदिको कमसल माटो मिस्रीत मिक्स ग्रेवल प्रयोग गरि गुणस्तरहिन भएको प्रष्ट देखिएको छ । लामा र गोल्डेन गुड कन्स्ट्रक्सनले चपुर( गौर सडक खण्ड भन्दा पुर्व र पश्चिम तर्फको करिब ६ कि.मि काम ठेक्का पाएको छ । निर्माण कम्पनीले रेलमार्ग निर्माण भैरहेको स्थानमा लागत ईस्टिमेटको बोर्ड समेत राखेको छैन । यस कन्ट्रक्सनले शुरूवाति चरणमै गुणस्तरहिन काम गरेकाले निमार्ण गर्न बाकी निर्माणको कार्य पनि हद सम्मको कमसल हुन्छ भन्ने यही सुरुवाति कामले देखाएको छ । रेल मार्गको काममा चादिको गिट्टी बालुवा हाल्न मनाही रहेको छ । रेलमार्ग निर्माण गर्दा ग्राबेलको परिक्षण हुनु पर्नेमा निर्माण ब्यबसायीले ल्याबका टेक्निसियनको मिलोमतोमा सबै नदिको ग्रेवललाई गुणस्तरीय बनाएका आरोप समेत रहेको छ । निर्माण भएका संरचनाको नियमित अनुगमन र मुल्याङ्कन रेलवे विभागले गर्नुपर्ने भए पनि विभागका प्राबिधिक र कर्मचारीले नियमित अनुगमन नगर्ने गरेको र ठेकदारसंग मिलोमतो गरेको स्थानिय बासिन्दाको आरोप रहेको छ ।
जनकपुर देखि बर्दिवास हुदै बिरगंज सम्मको रेलमार्ग निर्माणको काम लामो समय देखि चलिरहेको छ । सरोकारवाला निकाय रेलवे विभागले खासै चासो नदिदा रेलवे निर्माणमा केही ठेकेदारहरुको मनोमानि बढेको हो । खोलाको वाताबरणीय परिक्षण नगरि नदीजन्य पदार्थ उत्खनन गर्न नपाउने ब्यवस्था रहेको भए पनि चादि खोला उत्खनन गरेर ठेकेदारले निर्धक्क काम गरिरहेका छन । गौरबको योजनाको रुपमा रहेको पुर्ब पश्चिम रेलमार्गको निर्माण कार्यमा आयोजनाका प्राबिधिक र कर्मचारी साईटमा नबस्नाले निर्माण ब्यबसायीले आफुखुशी कार्य गर्दै आएका छन । रेल, मेट्रो रेल तथा मोनो रेल बिकास आयोजना सर्लाहीका ईन्जिनियर सुरेस साहले आयोजना संग जनशक्ति नभएकाले निर्माण स्थलमा प्राबिधिक कर्मचारी राख्न नसकिएको तराई एक्सप्रेसलाई बताए । उनले निर्माण ब्यबसायीको भरमा निर्माण कार्य भैरहेको जानकारी दिएकाछन् ।