गौर,५ पुस / गौर भन्सार कार्यालयले लामो समय देखि निलामी प्रक्रिया अगाडि नबढाए पछि करोडौ रुपैया बराबरको गाडिहरु कवाड बन्दै गएको छ । बिभिन्न समयमा जिल्लाका बिभिन्न ठाउबाट पक्राउ गरि भन्सार बुझाइएका गाडिहरुको निलामी नहुदा पक्राउ परेका गाडिहरुको अवस्था जिर्ण हुंदै गएको छ । गौर भन्सार कार्यालयले बिक्रम संवत २०७५ सालको कार्तिकमा अन्तिम चोटि निलामी प्रक्रिया अगाडि बढाएको थियो । त्यसयता कार्यालयमा बुझाइएका मोटरसाइकल , चार पाग्रे ,ट्रक लगायतका सवारी साधनहरु कार्यालय परिसरमै थन्के पनि कार्यलयले निलामी प्रक्रिया अगाडी बढाउन सकेको छैन । कार्यालयले लामो लकडाउनको कारण निलामी प्रक्रिया बढाउन नसकिएको दाबि गरेको छ । गौर भन्सारका निमित प्रमुख आशुतोष राइले लामो लकडाउन र लामो तथा झनझटिल्लो प्रक्रियाको कारणले निलामी प्रक्रिया सुरु गर्न नसकिएको तराई एक्सप्रेसलाई बताए । फाल्गुन तिर निलामी प्रक्रिया अगाडि बढाउन तैयारी थालिएको थियो,तर लामो समयको लकडाउनको कारणले प्रक्रिया स्थगित गर्नु परेको हो । कपडा , गाडि लगायातका सामानहरु बाहेकका समानहरुको निलामी प्रक्रिया नियमित रुपमा अगाडी बढेको प्रमुख राइले बताए । गाडिहरुको निलामी प्रक्रिया अगाडी बढ्ने बताएका छन् । कार्यालय भित्र करिब ६४३ ओटा मोटरसाइकल , ३७ चारपाग्रे गाडि र ३ ओटा ट्रक थानाकियर राखिएको कार्यालयले उपलब्ध गराएको तथ्याङकले जनाइएको छ । अहिले तत्कालै निलामी प्रक्रिया बढाइए पनि अन्तिम निलामी हुन् कम्तिमा ३ महिना समय लाग्ने कार्यालयले जनाएको छ । निलामी प्रक्रिया अनुसार कार्यालयले सबै गाडिको चेसिस नम्बर सहित सम्बन्धित एजेन्सीमा पठाउने र त्याहाबाट सो गाडिहरु कुन मितिमा बनेको कुरा लेखि आए पछि गाडीहरुको मुल्यांकनको प्रक्रिया सुरु हुन्छ । जिल्लामै यातायात कार्यालय नरहेकोले बिरगंज यातायात कार्यालयबाट प्राबिधिक टोलि मंगाई सो गाडिहरुको अन्तिम मुल्यांक गर्ने र त्यस पछि ३५ दिने सार्वजनिक सुचनाबाट निलामी प्रक्रिया सुरु हुने कानुनि अवस्था रहेको कार्यालय प्रमुख राइले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here