चन्द्रपुर,५ पुस / रौतहटको चन्द्रपुर नगरपालिका ४ स्थितमा समिर घिमिरेको घरबाट मोबाईल चोरी गरि भाग्ने क्रममा चन्द्रपुर ४ बस्ने १७ बर्षिय सुरज कुमार जैसवाल पक्राउ परेका छन । गए राती जैसवालले घिमिरेको घरमा ३ वटा मोबाईल चोरि गरि अर्को घरमा चोरि गर्न जदाँ घरबेटिले थाह पाए पछि ३ तलाबाट हामफलालेका थिए । उनि भाग्न क्रममा ३ तिलाबाट हामफल्दा गम्भिर घाईते भएका छन । घाईते जैसवाललाई स्थानियले पक्राउ गरि प्रहरीलाई बुझाएको पुरुषोतम घिमिरेले बताए । उनको खुटा र टाउकोमा गम्भिर चोटपटक लागेको छ । १७ बर्षिय जैसवाल पेसेवर चोर रहेको र अहिले उनको चन्द्रपुर अस्पताल प्रालिमा उपचार भईरहेको ईलाका प्रहरि कार्यलय चन्द्रनिगाहपुरका प्रहरी प्रमुख नायब उपरीक्षक हेम बहादुर शाहीले बताए ।