अशोक पहाडी ,चन्द्रपुर,५ पुस /
किसानले पाउनुपर्ने मुअब्जा नपाइ धमाधम रेल मार्गको काम भइरहेको छ । आफुले पाउनुपर्ने मुअब्जा वातको रकम नपाइकन रेल मार्ग निर्माणको काम सुरु भएपछि रौतहटको चन्द्रपुर ८ सन्तपुर र बेतौनाका बासिन्दा मारमा परेकाछन् ।
मेची–महाकाली विद्युतीय रेलमार्गअन्तर्गत बर्दिवास–निजगढ खण्डको चन्द्रपुर नगरपालिका ८ मा पर्ने आफ्नो जमिनको मुआब्जा रकम नपाएपछि स्थानीय किसानले नया बाली लगाउन समेत पाएनन् ।
रेलमार्गका लागि अधिग्रहण गरिएको जमिनको लामो समयसम्म मुआब्जा नपाएपछि उनीहरूले रेल मार्ग बनाउन आफ्नो खेतमा झारिएको गिट्टीको थुप्रो हरेरै चित्त बुझाउन बाध्य छन् ।
मुआब्जा रकमका लागि दिनहु रेलवे कार्यालय धाउने गरे पनि रकम पाउन नसकेको स्थानीयको गुनासो छ । केही स्थानीयको जग्गा रेलवेका नाममा नामसारी गर्ने प्रक्रिया अघि बढे पनि रकम भुक्तानी भएको छैन समयमै मुआब्जा रकम नपाएकाले फेरि नया बाली लगाएको र पछिल्लो समय आफ्नो गहुबाली लगाएकै ठाउमा गिट्टी झारिएको बतौनाकी उमा कार्कीले बताइन् । जमिन अधिग्रहण गर्न रेलवेले आठ महिनाअघि नै प्रक्रिया थालेको थियो तर कर्मचारी अभावले मुआब्जाबापतको रकम भुक्तानी हुन नसकेको रेलवे कार्यालयले जनाउदै आएको छ ।
रेलवेका कर्मचारी फिल्डमा र कार्यलयमा नभेटेपछि ठेकेदारले अव तपाइको मुअब्जा तत्काल पाउनुहुन्छ,हामिलाइ काम गर्न दिनुस भन्दै बाली लगाएको खेतमा गिट्टी बालुवा झार्ने काम भएको स्थानीय कृष्ण थापाले बताए ।
केहीले रकम आएपछि सन्तपुर र बेतौनाका अधिकासले मुअब्जा वापतको रकम पाउन सकेका छैनन् ।
गत असार मसान्तमा मुआब्जा वितरणका लागि भन्दै किसानलाई चन्द्रनिगाहपुरस्थित माछापुच्छ्रे बैंकमा खाता खोल्न लगाइएको थियो । रकम बुझ्न बाकी रहेकाहरूले धमाधम खाता खोलेका थिए । अहिले एनआईसी एसिया बैंकमा खाता खोल्न भनिएपछि किसानहरू आक्रोशित छन । आर्थिक वर्ष सकिदैपिच्छे बैंक परिवर्तन गराएर दिक्क बनाएको अर्का किसान केशर फुयाँल बताउछन ।
२०७६ कात्तिक १९ मा चन्द्रपुर–८ बेतौनाका किसानले जग्गाको मूल्यांकन कम गरेको भन्दै सर्भे गर्न आएका रेलवेका प्राविधिक चढेको गाडी नै घेरेर राखेका थिए । त्यसपछि झन्डै ६ महिना उक्त क्षेत्रमा कर्मचारीलाई प्रवेश नै गर्न दिएनन । संघर्ष समिति नै गठन गरेर स्थानीय किसान आन्दोलनमा उत्रिए ।
रेलवे विभागका सर्वेक्षक अजय यादवले छठ सकिए लगत्तै मुआब्जा रकम वितरण हुने बताएपनि अहिले सम्म आफुहरुले रकम पाउन नसकेको किसानहरुको भनाइ रहेको छ ।