चन्द्रपुर,६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको सांसद विघटन गर्ने असंबैधानिक तथा प्रतिगामी कदम फिर्ता गर्नु पर्ने माग गर्दै रौतहटमा युवा संघ र अनेरास्वीयु जिल्ला कमिटिले प्रदर्शन गरेको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको भातृ संघठन युवा संघले प्रधानमन्त्री ओलीले चालेको कदमको कडा विरोध गरेको हो ।
आइतबार चन्द्रनिगाहपुरको मेन चोकमा विरोध सभा गर्दै युवा संघ र अनेरास्वीयु रौतहटले प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने असंबैधानिक तथा प्रतिगामी कदम फिर्ता गर्नु पर्ने माग गरेका हुन ।
रौतहटका अनेरास्वीयु जिल्ला कमिटि सह–संयोजक राजन पटेलले प्रधानमन्त्री ओलीले लोकतन्त्रको विरुद्धमा संसद विघटन गरेर तानाशाही बन्न खोजेको आरोप लगाए ।
त्यस्तै कम्युनिस्टलाई बदनाम प्रधानमन्त्री ओलीले यस्तो गरेकाले कडा कारवाही गर्न उनिहरुको माग रहेको थियो । युवा संघ र अनेरास्वीयुकाले चन्द्रपुरमा ¥याली निकालेर मेन चोकमा विरोधसभा गरेका थिए ।