चन्द्रपुर, ६ पुस । पछिल्लो समय रौतहटमा टगी कारोवार बढेको छ । प्रहरीले रौतहटबाट किसानको करिब ४५ लाख रुपैया ठग्ने एक युवकलाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा रौतहटको वृन्दावन नगरपालिका ६ हर्षाहा टोलका २८ वर्षीय अनिलकुमार पटेल छन् । पटेलले ओम्नी अटोमोबाइलले चन्द्रनिगाहपुरको ट्रयाक्टर सो रुमबाट किस्ताबन्दीमा ट्रयाक्टर खरिद गरेका २३ जना किसानहरुको किस्ता बापतको रकम ठगी गरेको रौतहटका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए । उनका अनुसार पटेलले २०७५ साल साउन १ गते देखि विभिन्न मितिमा कम्पनीमा बुझाउन भनि किसानहरुबाट ४४ लाख ७८ हजार ५ सय बुझेर कम्पनीमा नबुझाइ लिएर फरार भएका थिए । रकम ठगी गरेको भन्ने जाहेरी दरखास्त प्रहरीमा किसानहरुले दिएपछि पटेललाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका पटेललाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको श्रेष्ठले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here