रौतहट,९ पुस । नेकपा संस्थापनले रौतहटबाट ७ जना नया केन्द्रिय सदस्य थप गरेको छ । नेकपामा बढदो बिवादसंगै संसद बिघटन भएपछि नेकपाले रौतहट सहित देशभरीबाट नया केन्द्रिय सदस्य चयन गरेको हो ।
४४७ जना केन्द्रिय सदस्य रहेको नेकपाले बुधबारको केन्द्रीय कमिटि बैठकबाट देशभरी बाट ११ सय ९९ जना केन्द्रिय सदस्य बनाउने निर्णय गरेको हो । रौतहटबाट केन्द्रिय सदस्य हुनेमा तुलसीराज गिरी ,उद्धव रेग्मी ,कपिलदेव पटेल ,रेखा झा ,जयचन्द पटेल मणिशंकर निधि र अब्दुल कलाम आजाद रहेकाछन् । रौतहटबाट केन्द्रिय सदस्य हुने सातै जना आज दिउसो हुने केन्द्रिय कमिटिको बैठकमा भाग लिन काठमाण्डौ पुगेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here