सिमरा,९ पुस । किसानको धान सस्तो मूल्यमा किनेर व्यापारीले गोदाममा पु¥याएपछि सरकारले तोकेको धानको समर्थन मूल्य कार्यान्वयनमा आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाईले पँंचवटा कृषि सहकारीसँग सम्झौता गरेर धान खरिद प्रकिया सुरु गरेको छ ।
बाराको डुमरवानास्थित साना किसान कृषि सहकारी संस्थाले औपचारिक कार्यक्रम गरेर मंगलबारदेखि समर्थन मूल्यमा धान खरिद सुरु गरेको छ । सम्झौता गरेर धान खरिद अनुमति पाएका पाँचवटा कृषि सहकारीहरुले मंगलवारसम्म पाँच टन मात्रै धान खरिद गरेको परियोजनाले जनाएको छ । धान व्यापारीको हातमा पुगेपछि समर्थन मूल्य कार्यक्रम लागु भएकाले धान कसरी धान संकलन गर्ने भन्नेमा आफूहरु अन्योलमा परेको खाद्य उद्योग उपसमिति सदस्य दुर्गाप्रसाद शिवाकोटले बताउंछन् ।
यसपटक किसानसँग धान छैन। कसरी संकलन गर्ने हामी पनि अन्योलमै छौं, शिवाकोटले भने, धान रोकेर राख्न हामीले किसानहरुलाई जानकारी ग¥यौं। तर, किसानले धान रोकेर बस्न सकेनन् । सबै धान सस्तो मूल्यमा व्यापारीको हातमा गइसक्यो । सरकारले गत कात्तिक ४ गते किसानलाई धानको समर्थन मूल्य प्रतिक्विन्टल (१०० किलोको एक क्विन्टल) २ हजार ७३५ र २ हजार ८८५ रुपैयाँ दिने निर्णय गरेको थियो ।
तर, उक्त निर्णय लामो समयसम्म कार्यान्वयनमा नआउदा अधिकांश किसानले धान व्यापारीलाई बिक्री गरेको साना किसान डुमरवाना खाद्य उद्योग उपसमिति सदस्य दुर्गाप्रसाद शिवाकोटीले बताए ।
सरकारले तोकेको समर्थन मूल्य र बजार मूल्यमा प्रतिक्विन्टल ६ रुपैयाँसम्म अन्तर देखिएपछि सहकारीहरुले किसानको धान किन्न इच्छा नदेखाएको किसानको भनाइ छ । एक महिनाअघिसम्म किसानले प्रतिक्विन्टल दुई हजारदेखि २ हजार २०० रुपैयामा व्यापारीलाई धान बिक्री गरेका थिए । पछिल्लो समय धानको बजार मूल्य प्रतिक्विन्टल दुई हजार ४०० देखि दुई हजार ५०० रुपैयासम्म पुगेको छ । धान खरिद गर्ने सहकारीलाई सरकारले प्रतिक्विन्टल ११२ रुपैया अनुदार र धान मिल सञ्चालनमा सहयोग गर्ने भएपछि पांच सहकारीले समर्थन मूल्य लागु गर्न सहमत भएका हुन् । कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष बारामा दुई लाख ४० हजार मेट्रिकटन धान उत्पादन भएकोमा चालु आर्थिक वर्षमा १० देखि १५ प्रतिशत उत्पादन घटेको केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here