गरुडा,९ पुस ।

रौतहटमा यसवर्ष नया प्रजातिका उखु खेती गरिएको छ । जिल्लाका किसानहरुले पहिलो पटक यसवर्षदेखी अन्य उखुभन्दा दोब्बरसम्म उत्पादन हुने कोजा ८५, सीओजिरो २३८ र २३९ जातका उखु खेती गर्न सुरु गरेका छन ।
जिलका पस्चिमी भेग स्थित कटहरिया, फतुवा विजयपुर र गुजरा नगरपालिकाका किसानहरुले आफना खेतमा यसपाली नयाँ प्रजातिका उखु खेती गरेका छन ।
थोरै मिहिनेत लगानी र खर्चमा बढी उत्पादन हुने भएपछि भारतको पञ्जावबाट कोजा ८५ जातका उखुको बिउ ल्याएर यहाका किसानहरुले आफना खेतमा लगाएका छन । अन्य जातका उखुभन्दा कोजा ८५ जातका उखुको उत्पादन दोब्बर हुने भएपछि यहाँका किसानहरु कोजा ८५ जातका उखु खेती गर्नेतर्फ आकर्षित भएका छन ।
जिल्लामा यो भन्दा अघिदेखी ५१, ५२, १७८५ लगाएत जातका उखुखेती हुँदै आएको छ । यी जातहरुका उखुको उत्पादन एक कठामा २० देखी ३० क्वीन्टलसम्म मात्र हुने गरेको छ तर किसानहरुले यसवर्ष लगाएका कोजा ८५ जातका उखु एक कठामा ५० देखी ६० क्वीन्टलसम्म उत्पादन हुने गर्दछ । अन्य उखु एक कठामा ३० क्वीन्टलसम्म मात्रै उत्पादन हुनेगरेको र कोजा ८५ जातका उखु एक कठामै ६० क्वीन्टलसम्म उत्पादन हुने भएपछि यहाँका किसानहरु कोजा ८५ जातका उखु खेती गर्ने तर्फ नै लागेका छन ।
त्यस्तै भारतबाट नै ल्याइएको सीओजिरो २३८ र २३९ जातका उखु खेती पनि जिल्लामा पहिलो पटक गरिएको छ ।
सीओजिरो २३८ र २३९ जातका उखु पनि एक कठामा ५० देखी ६० कवीन्टलसम्म उत्पादन हुनेभएपछि यहाँका केहि किसानहरुले सीओजिरो २३८ र २३९ जातका पनि उखु खेती गरेका छन । एक कठामा ५० देखी ६० क्वीन्टलसम्म उत्पादन हुने भनिएको कोजा ८५,सीओजिरो २३८ र २३९ उखु एक कठामा ५० देखी ६० क्वीन्टलसम्म उत्पादन भए आउँदो सिजनदेखी यही जातका नै उखु खेती गर्ने किसानहरुको योजना छ । रौतहटमा यसवर्ष शुरुमा कोजा ८५ जातका उखुको खेती करिव ६ विघा क्षेत्रफल र सीओजिरो २३८ तथा २३९ जातका उखु ४ विघा क्षेत्रफलमा मात्रै लगाएइको बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डस्ट्रिज डुमरीयाका उद्योगपति बैजुबाबराले बताए ।
एक कठा क्षेत्रफलमा कोजा ८५,सीओजिरो २३८ र २३९ जातका उखुको उत्पादन ५० देखी ६० क्वीन्टलसम्म हुने उद्योगपति बाबराले जानकारी दिए ।
यी जातहरुका उखु उत्पादन गर्न किसानहरुलाई अन्य उखुजस्तै बढी खर्च पनि लाग्दैन उद्योगपति बाबराले भन्नुभयो एक विघा क्षेत्रफलमा यी जातका उखु उत्पादन गर्न एक लाखसम्म रुपैया मात्रै खर्च लाग्ने छ र एक विघामा ७ लाखको १२ हजार क्वीन्टलसम्म उखु उत्पादन हुने उनले बताए ।
कोजा ८५, सीओजिरो २३८ र २३९ जातका उखु अग्लो जमिनमा मात्रै हुने गर्दछ भने उखुको एउटा बोट कम्तिमा तिनदेखी चार फिटसम्मको दुरीमा लगाउनुपर्ने हुन्छ । यसवर्ष जिल्लामा ५१, ५२, १७८५, कोजा ८५, सीओजिरो २३८, २३९ लगाएत जातका गरी १२ देखी १५ लाख क्वीन्टलसम्म उखु उत्पादन हुने उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवले बताए ।
भारतबाट यसवर्ष भित्रिएको कोजा ८५, सीओजिरो २३८, २३९ उखु खेतीको विस्तार भए जिल्लामा उखु खेती फस्टाउदै जाने संघका अध्यक्ष यादवले विश्वास व्यक्त गरे ।
जिल्लामा दुई चिनी उद्योग रहेकोमा श्रीराम सुगर मिल्स गरुडा बन्द अवस्थामा रहेको छ भने बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डस्ट्रिज सञ्चालन रहेको छ ।
यस्तै पछिलो समय श्रीराम सुगर मिल्स बन्द भएका कारण यहा“का अधिकांश किसानहरु निराश हुदै उखु गर्नै छाडेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here