चन्द्रपुर,१० पुस ।जिल्लाको चन्द्रपुर नगरपालिका क्षेत्रमा चोरीका घटना बढदै जान थालेको छ । नगरका बिभिन्न स्थानमा घरमै राखेको मोटर साइकल धेरै चोरी भएकाछन् । पछिल्लो समय चन्द्रपुर नगर क्षेत्रमा मोटर साईकल चोरी गर्ने गिरोहनै सक्रिय भएको पाईन्छ । घर भित्र राखेको र कम्पाउण्ड भित्र रहेका मोटर साईकल चोरीका घटना पछिल्लो समय बढदै जाथलेको स्थानीय शिक्षिका रेणुका खतिवडाले बताइन ् दुई दिन पहिला उनकै घरबाट सम्साझै एक थान मोटर साईकल चोरी भएको थियो । केही दिन पहिला चन्द्रनिगाहपुरको ओम शान्ति भवन नजिकै रहेको तीन तलेघरमा मोवाइल चोर्न गएका एकजना युवा घरबेटीले चोरी गर्न आएको थाहा पाएपछि तीन तलाबाट हाम फलेका थिय ।
तीनतलाबाट हामफालेका चोरको खुट्टा भाच्चिनुका साथै आफ्नै भांचियको खुट्टले घोचेर जिब्रो छेडिनुका साथै दात समेत झरेको थियो । ती चोरको अहिले काठमाण्डौमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।,पछिल्लो समय नगरका बिभिन्न स्थानमा चोरीका घटना बढदै जान थालेको स्थानीयले जानकारी दिएकाछन् । २०७७ पुस १० गतेको तराई एक्स्प्रेस दैनिकमा प्रकाशित समाचार ।