अशोक पहाडी
चन्द्रपुर,१० पुस । चादी खोलामा गिट्टी बालुवा उत्खनन्को ठेक्का पाएको आशिष कन्ट्रक्सनको मनोमानी बढेको स्थानीयले बताएकाछन् । खोलामा एकथान मेशिन लगाएर खोलाबाट गिट्टी बालुवा निकाल्नु पर्नेमा सो कन्ट्रक्सनले २ वटा मेशिन लगाएर उत्खनन तिब्र पारेको हो ।
मोतीपुर राजपैडा घाटमा खोला उत्खनन् गर्न ठेक्का पाएको आशिष कन्ट्रक्सनले २ मिटर गहिराइ र १० मिटर चौडाइ उत्खनन् गर्नुपर्नेमा सो कन्ट्रक्सनले मनोमानी रुपमा खोलाको गहिराई बनाएका कारण स्थानीय बालबालिकाको खाल्डोमा डुबेर ज्यान जाने सम्भावना रहेको स्थानीयले बताए ।
आशिष कन्ट्रक्सनले बनाएको खाल्डोमा स्थानीयको घर पालुवा जनावर समेत डुबेर मर्ने खतरा बढदै गएको भन्दै स्थानीयले सो कामको अनुगमन गर्नुपर्नेमा जोड दिएकाछन् ।
आशिष कन्ट्रक्सनले हरेक टिफरको रसिद काटनुपर्नेमा त्यसो नगरेका कारण समेत उस्ले सो स्थानबाट कती मात्रामा गिट्टी बालुवा उत्खनन् गर्नुपर्ने हो त्यसको एकिन समेत हुने अवस्था रहेको छैन् ।
रसिद नकाटेका कारण उस्ले सो स्थानबाट ठेक्का पाएको भन्दा पाच गुणा बढी गिट्टी बालुवा निकालेर लाने तयारी गरेको पाईन्छ । सो स्थानको उत्खनन्को अनुगमन गर्ने जिल्ला समन्वय समितिकै मिलेमतोमा आशिष कन्ट्रक्सनले मनोमानी रुपमा खोला उत्खनन् गरेको स्थानीयले बताएकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here