रौतहट,१० पुस /

प्रधानमनत्री केपी ओलीले सांसद बिघठन गरेपछि त्यसको असर प्रदेशसभामा समेत परेको छ ।
प्रतिनिधिसभा विघटन पश्चात् देशव्यापी रुपमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटेकै अवस्थामा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमलाई लिएर प्रचण्ड( नेपाल पक्षले नेकपा केन्द्रीय समितिको बहुमतबाट उनलाई अनुशासनको कारबाही गरि पार्टी अध्यक्ष र संसदीय दलको नेताबाट पनि हटाएको बताएका छन् ।
प्रदेशहरुमा पुष्पकमल दाहाल (प्रचण्ड)(माधव नेपाल समूहले प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही शासनको रूपमा व्याख्या गरेका छन् भने ओली पक्षधर सांसद उनको बचाउमा उत्रिएका छन् ।
प्रचण्ड(नेपाल र ओली समूहका नेताहरु सांसदलाई आ(आफ्नो पक्षमा तान्न सक्रिय भएका छन् । प्रदेश २ मा नेकपाको ३२ प्रदेश सांसद छन् । जसमा प्रदेशसभामा तत्कालीन एमालेबाट २१ र पूर्वमाओवादीबाट ११ जना सांसद छन् । यो प्रदेशमा प्रचण्ड( नेपाल पक्ष बलियो देखिएको छ । जसमा पूर्वमाओवादीका ११ सांसद प्रचण्ड र पूर्व एमालेका ८ जना नेपाल पक्ष गरि १९ जना रहेको नेकपाकै एक संसादले बताए । यस्तै ओली समूहका १३ जना सांसद छन् ।
माओवादीबाट कुन्दनप्रसाद कुशवाहा, दिलिपकुमार साह, प्रमिलाकुमारी यादव, फुलियादेवी सदा, भरतप्रसाद साह, मोहम्मद समीर, रामकुमार यादव, रामचन्द्र मण्डल, जगतप्रसाद यादव, रुबीकुमारी कर्ण र ज्वाला कुमारी साह रहेका छन् । यस्तै, नेपाल समूहबाट अशोककुमार यादव, गोविन्दबहादुर न्यौपाने, मन्जुकुमारी यादव, शत्रुधन महतो, बेची लुंगेली, हसिमा खातुन, रविन्द्र बैठा र प्रमोदकुमार यादव रहेका छन् ।
त्यस्तै, ओली समूहबाट सत्यनारायण मण्डल, सुन्दरबहादुर विश्वकर्मा, त्रिलोकी प्रसाद, अनिता कुमारी यादव, किशोरी साह कमल, जगतारैन देवी, नागेन्द्र राय यादव, मनोजकुमार सिंह, शारदा थापा, लगनलाल चौधरी, सीता गुरुङ, दिल्लीप्रसाद उप्रेती र मदनसेन श्रीवास्तव रहेका छन् ।
यद्यपि केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा फरक किसिमको अन्तरविरोध रहेकाले तत्काल आँकलन गर्नु उपयुक्त नहुने प्रचण्ड पक्षका सांसद रामचन्द्र मण्डलले बताए । केही दिनपछि मात्र वास्तविक कुरा यकिन गर्न सकिन्छ उनको भनाइ छ । २०७७ पुस १० गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here