रुपेन्द्र पटेल
चन्द्रपुर,१० पुस । प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले नया“ मन्त्रीहरू थपेका छन् । नया“ थपिएका मन्त्रीहरूको शुक्रबार राती राष्ट्रपति कार्यालय शितल निवासमा सपथ ग्रहन गरीएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री ओली सरकारमा रहेका सात जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएका थिए । शुक्रबार रौतहट क्षेत्र नं—३ का सांसद प्रभु साह पुनः शहरी बिकास मन्त्री बनेको तराई एक्सप्रेस दैनिकमा रुपेन्द्र पटेलले समाचार लेखेका छन् । साह शुक्रबार रातीनै शहरी बिकास मन्त्रीको सिपथ ग्रहन गरेका छन् । साह केही दिनअघिसम्म प्रचण्ड–नेपाल समूहको बैठकमा सहभागी थिए । पार्टीमा दुई अध्यक्ष भएपछि उनले त्यसको विरोध गरेका थिए ।