रुपेन्द्र पटेल
रौतहट, ११ पुस । यो वर्ष पुसको पहिलो सातादेखि नै तराईमा कुहिरो लाग्न थालिसकेको छ । बिहानैदेखि कुहिरोले ढाक्दा जाडो बढेको कारण जनजीवन प्रभावित हुन थालेको छ । यी तस्वीर रौतहट र सर्लाही जिल्लामा लिइएका हुन् । मध्य तराईमा बिहान कुहिरोका कारण सडक देख्नै मुस्किल पर्छ । बिहान चल्ने गाडीहरु अबेरसम्म पनि हेडलाइट बालेर गुडिरहेका हुन्छन् । काममा निस्किएका मानिसहरुलाई साइकल कुदाउन मुस्किल पर्छ । खासगरी औद्योगिक उत्सर्जन, मौसम परिवर्तन लगायत कारणले जाडो मौसम नलाग्दै तराईको आकाश कुहिरोले ढाक्न थालेको छ । हरेक वर्ष कुहिरो लाग्ने समय अगाडि सर्दैछ । कुहिरो लाग्ने अवधि पनि लम्बिदै गएको स्थानीय बताउंछन् ।





