जनकपुर,११ पुस । राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणमा विभिन्न व्यापारिक फर्मविरूद्ध अदालतमा मुद्दा दर्ता गरेको छ ।
विभागले ती व्यापारिक फर्म तथा सञ्चालकलाई १९ करोड ९६ लाख रुपैया“ बिगो, जरिवाना र कैद सजाय माग गर्दै बिहीबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । विभागले ललितपुर–२ को कविला सप्लायर्स सेन्टरका प्रोप्राइटर नवलकिशोर चौधरीसंग २ करोड १४ लाख ३० हजार २३८ रुपैया बिगो मागेको छ ।
चौधरी भारती घर भई ललितपुर–२ सानेपा बस्छन् । शिवम् प्याकेजिङ सप्लायर्पकी प्रोप्राइटर सीतादेवी जैसवालसंग ५ करोड ८८ लाख ६५ हजार ९१९ बिगो मागेको छ । उनी जनकपुरकी हुन् । का“डाघारीको गौतम सप्लाषर्सका प्रोप्राइटर मुकेशकुमार चौधरीसंग ५ करोड ३२ लाख १६ हजार १ सय ८८ रुपैया बिगो मागेको छ । रौतहटका उनी कागेश्वरी मनोहरा नगरपालिका–९ बस्छन् । यी कम्पनीले नक्कली कर बिजक देखाएर सोहीअनुसार आयकर, मूल्य अभिवृद्धि कर छलि गरेको पाइएको विभागले जनाएको छ । यस्तै, बाराको शिवम् ट्रेडर्स एण्ड सप्लायर्सका प्रोप्राइट जगदीश सहनी मलाहसहित सात जनाविरूद्ध ४ करोड ७९ लाख ६९ हजार ४४७ रुपैयाँ बिगो माग्दै मुद्दा दायर गरेको छ । यस्तै, पोखरा–२२ को अनुस्का मल्टिप्रप्रोज कम्पनीका प्रोप्राइटर शिवलाल तिम्सिनासहित ३ जनासंग १ करोड ८२ लाख ५३ हजार ४६१ रुपैया बिगो मागेर मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here