चन्द्रपुर,१४ पुस । धन्सार – जंगलसहिया सडकमा पछिल्लो समय यौनजन्य गतिबिधि बढ्दै जान थालेको स्थानीयले बताएकाछन् । यौन ब्यावसायमा संलग्न महिलाहरुले ग्राहक खोजेर अटो रिक्सामा धन्सार – जंगलसहिया सडकको जंगलमा लगेर ब्यावसाय गर्ने गरेको स्थानीयको भनाइ रहेको छ । अबैध यौन गतीबिधिले बाटोमा परिवारका मँन्छे लियर हिडन समेत समस्या भएको जंगलसहियाका स्थानीय युवा टिका किशोर चौधरीले बताए । प्रहरीले चन्द्रनिगाहपुरका साना होटलमा छापामारी गर्न थालेपछि चन्द्रनिगाहपुरमै डेरा लिएर र ठुला नाम चलेका होटलमा उनीहरुले ग्राहक बोलाएर यौन धन्दा चलाउने गरेको समाचारस्रोतले बताएको छ ।
चन्द्रनिगाहपुर बजारमा भने दर्जनको हाराहारीमा सर्लाही तथा रौतहट जिल्लाका मधेसी मुलका महिलाहरुले ग्राहक खोजेर रुममै लगेर धन्दा चलाउने गरेको जानकारहरुको भनाइ रहेको छ । केही महिलाहरुले मोलमोलाई गरेर टेम्पु रिजर्व गरेर जंगलमा गएर समेत यौन कारोवार गर्ने गरेको पाईन्छ । बढ्दो सहरी करणसंगै जिल्लाभर खेलेका होटलमा पछिल्लो समय यौन ब्यावसाय हुने गरेको पाईन्छ । यौन ब्यावसायी महिलाहरुले पछिल्लो समय चन्द्रनिगाहपुर तथा निजगढ क्षेत्रमा ग्राहक खोजेर धन्सार – जंगलसहिया सडकमा पर्ने जंगलमा क्षेत्रमा यौन जन्य क्रियाकलाप गर्ने गरेको छन् ।

#सांकेतिक तस्बिर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here