गौर,१५ पुस / नेकपा प्रचण्ड ,माधव नेपाल समुहका स्थायी समिति सदस्य मातृका यादवले प्रधानमन्त्री केपी ओली यतीबेला कम्युनिष्ट आन्दोलन समाप्त पार्न लागि परेको बताएकाछन् । मंगलबार नेकपा प्रचण्ड ,माधव नेपाल समुहले जिल्ला सदरमुकाम गौरमा आयोजना गरेको बिरोध ¥याली पछि आयोजित सभाका बोल्दै नेता यादवले ओलीले कम्युनिष्टको खोल ओढेर प्रतिगमनको सरदार बन्ने काम गरेको आरोप लगाए । नेता यादवले प्रधानमन्त्री ओली भ्रष्टहरुको नाईके बनेको आरोप लगाउदै जनताको अधिकार खोस्न लागि परेको बताए । जिल्लाभरबाट गौरमा पुगेका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दे नेता यादवले ओली प्रतिगमनको अगुवा बनेर संघियता ,धर्म निरपेक्षता लगाएतका जनताले पाएका अधिकार मास्न लागि परेको जिकिर गरे । गौरमा पुगेको ¥यालीले नगरका बिभिन्न भागको परिक्रमा गरेको थियो । ¥याली पछि आयोजित सभालाई नेकपा प्रचण्ड ,माधव नेपाल समुहका केन्द्रय सदस्य युवराज भट्टराइ समिरले समेत समबोधन गरेका थिय । कार्यक्रम जिल्ला अध्यक्ष कमल यालवले संचालन गरेका थिय । २०७७ पुस १५ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here