चन्द्रपुर,१५ पुस / रेल बिभागको काम गुणस्तरहिन हुदा समेत सम्बन्धीत निकायको ध्यान जान सकेको छैन् । पेटि ठेक्का पाएको चौधरी कन्ट्रक्सनले गरेको काम गुणस्तरहिन भएको स्थानीयले बताएकाछन् ।
पेटी ठेक्कामा काम पाएको चौधरी कन्ट्रक्सनले चन्द्रपुर ७ स्थित बनबहुअरी क्षेत्रमा गरेको काम गुणस्तरहिन भएको जानकारहरुले बताए । हरेक १५ –१५ सेन्टीमिटरमा रोलिङ गर्नुपर्नेमा बनबहुरी क्षेत्रमा चौधरी कन्ट्रक्सनले त्यसो नगरी धमाधम काम गरेका कारण समान्य बर्षामा समेत ड्याम भत्कन थालेको छ । सो स्थानमा रेलमार्गको बेसमा सफा नगरि वनको झारपात समेत सफा नगरी गिट्टी बालुवा हालेका कारण अहिलेनै सो स्थानमा समान्य पानीले ड्याम भत्कीएको देख्न सकिन्छ ।
लामा र गोल्डेन गुड कन्स्ट्रक्सनले चपुर( गौर सडक खण्ड भन्दा पुर्व र पश्चिम तर्फको करिब ६ कि.मि काम ठेक्का पाएको छ । निर्माण कम्पनीले रेलमार्ग निर्माण भैरहेको स्थानमा लागत ईस्टिमेटको बोर्ड समेत राखेको छैन । यस कन्ट्रक्सनले शुरूवाति चरणमै गुणस्तरहिन काम गरेकाले निमार्ण गर्न बाकी निर्माणको कार्य पनि हद सम्मको कमसल हुन्छ भन्ने यही सुरुवाति कामले देखाएको छ । निर्माण भएका संरचनाको नियमित अनुगमन र मुल्याङ्कन रेलवे विभागले गर्नुपर्ने भए पनि विभागका प्राबिधिक र कर्मचारीले नियमित अनुगमन नगर्ने गरेको र ठेकदारसंग मिलोमतो गरेको स्थानिय बासिन्दाको आरोप रहेको छ ।जनकपुर देखि बर्दिवास हुदै बिरगंज सम्मको रेलमार्ग निर्माणको काम लामो समय देखि चलिरहेको छ । सरोकारवाला निकाय रेलवे विभागले खासै चासो नदिदा रेलवे निर्माणमा केही ठेकेदारहरुको मनोमानि बढेको हो । गौरबको योजनाको रुपमा रहेको पुर्ब पश्चिम रेलमार्गको निर्माण कार्यमा आयोजनाका प्राबिधिक र कर्मचारी साईटमा नबस्नाले निर्माण ब्यबसायीले आफुखुशी कार्य गर्दै आएका छन । रेल, मेट्रो रेल तथा मोनो रेल बिकास आयोजना सर्लाहीका ईन्जिनियर सुरेस साहले आयोजना संग जनशक्ति नभएकाले निर्माण स्थलमा प्राबिधिक कर्मचारी राख्न नसकिएको तराई एक्सप्रेसलाई बताए । उनले निर्माण ब्यबसायीको भरमा निर्माण कार्य भैरहेको जानकारी दिएकाछन् ।
पेटी ठेक्कामा बनबहअरी क्षेत्रमा काम गरेको चौधरी कन्ट्रक्सनका एकजना ईन्जिनियर बताउने अमित कुमार रिजालले आफु पावर फुल मान्छे भएको र आफ्नो काम कसैले रोक्न नसक्ने भन्दै मनोमानी काम गरेको जानकारहरु बताउछन् । चौधरी कन्ट्रक्सनले पेटी ठेक्का पाएको सन्तपुरको मरधर जाने बाटोको काममा १५–१५ मिटरमा रोलिङ नगरी काम गरेको समाचार तराई एक्सप्रेसले प्रकाशन गरेपछि रिजाललाइ रोलिङ गरेर काम गर्न रेल बिभागले निर्देशन दिएपछि अहिले हरेक १५–१५ मिटरमा रोलिङ गरेर काम भएको छ । पत्रिकामा समाचार आएर मेरो केही बिर्गदैन भन्दै हिडने रिजाललाई पछिल्लो समय जरै देखी रोलिङ गरेर काम गर्न रेल बिभागले निर्देशन दिएपछि उनी यतीबेला ख¥याङखुरुङ परेको जानकारहरुको भनाइ रहेको छ । २०७७ पुस १५ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here