गौर,१५ पुस / रौतहटबाट काठमाडौ जादै गरेको यात्रु बाहक बस चेकजाच गर्ने क्रममा लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छन् । पक्राउ पर्नेमा जिल्लाको कटहरिया नगरपालिका वडा नंम्बर १ बस्ने २२ वर्षीय गोबिन्द प्रसाद यादव र भारत बिहार मोतिहारी जिल्ला झरौखन थाना वडा नंम्बर ३ का २३ वर्षीय साहेबलाल यादव रहेका प्रहरीले जनाएको हो । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलिले आइतबार करिब ४ः४५ बजेको समयमा जिल्ला काठमाण्डौ चन्द्रागिरि नगरपालिका वडा नं २ नागढुंगाबाट औषधिजन्य लागुऔषध सहित २ जनालाई फेला परेका थिए । ना ६ ख ३१८१ नम्बरको यात्रु बाहक बस चेक जाच गर्ने क्रममा उक्त बसमा आएका गोबिन्द प्रसाद यादव र साहेबलाल यादव बसेको सिट मुनि लुकाई छिपाई राखेको तीन वटा झोला चेक जाच गर्ने क्रममा उक्त तीन वटा झोलाभित्र औषधीजन्य लागु औषध डाइजोपाम लेखिएको १२०० एम्पुल, फेनागर्न लेखिएको १२०० एम्पुल र नोफिन लेखिएको १२०० एम्पुल गरी जम्मा ३६०० एम्पुल सहति उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनरुहरुमाथि लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । २०७७ पुस १५ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here