रुपेन्द्र पटेल
चन्द्रपुर, १६ पुस ।
रौतहट जिल्लामा जनचेतनाको कमिका कारण ट्राफिक ब्यवस्थापनमा समस्या देखिएको जिल्ला ट्राफिक प्रहरि कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी निरिक्षक शैलेस न्यौपानेले बताएकाछन् । बिना हेल्मेट मोटरसाईकल चलाउने, मादक पदार्थ सेवन गरी सवारि चलाउने, जेब्रा क्रसिङ लगाएतका ट्राफिक नियमको पालनमा चेतनाको कमि देखिएको न्यौपानेको भनाई छ । जिल्लाका दक्षिणी भेगहरुमा बिना हेल्मेट तथा मापसे गरि सवारि चलाउनेको संख्या बढि रहेको न्यौपानेको भनाइ रहेको छ । ट्राफिक प्रहरीले आफ्नो अधिकार क्षेत्रभित्र रहेर सडक र सवारीको बिषयमा कार्यक्रमहरु तथा सवारी चेकिङ लगाएतका कामहरु गरिरहेको जिकिर गर्दै न्यौपानेले यस्ता कुरामा स्थानिय निकायले पनी चासो र ध्यान दिनुपर्नेमा जोड दिएकाछन् ।
जिल्लामा सडकमा निर्माण सामाग्री राख्ने, ठेला गाडा राख्ने लगाएतका कारण पनी दुर्घटनाको जोखिम रहेको छ । सडक किनारामा नाला निर्माण, सडक बिस्तार लगाएतका कामहरु सुरु गरेर बिचमै छोड्ने प्रबृत्तीका कारण पनी सवारी आवागमन तथा यात्रुलाई सास्ति हुने गरेको छ । यात्रु तथा स्थानियको बुझाईमा ट्राफिक प्रहरीलेनै यस्ता मुद्दा हेर्नुपर्ने जस्तो बुझाई रहेकोले यस्ता कुरामा ट्राफिक प्रहरीले चाहेर पनी केहि गर्न नसक्ने बताउदै न्यौपानेले सडक बिभाग, नगरपालीका तथा सम्बन्धित निकायले नै चासो राख्नुपर्ने बताए ।
अर्को एक प्रसंगमा प्रहरी निरीक्षक न्यौपानेले हालको अवस्थामा भारतिय नम्बर प्लेटका सवारी सडकमा गुड्नै नपाउने बताए । अहिले भन्सार बन्द रहेको र भन्सार चलान काटेपछि १ महिनाका लागी मात्रै नेपालमा चलाउने अनुमती भएका भारतीय नम्बर प्लेटका सवारिलाई ट्राफिक प्रहरीले कारवाहि गर्ने न्यौपानेको दाबी छ । जिल्लामा ट्राफिक ब्यबस्थापनका लागी ट्राफिक प्रहरीले प्रहरी तथा जनपथ प्रहरीसंग सहकार्य गरिरहेको बताउदै न्यौपानेले चपुर गौर सडकमा निर्माण ब्यवस्थापन लगाएतका केही काम चलीरहेका कारण केही समस्या रहेपनी अन्य समस्या नरहेको दाबि गरे । ट्राफिक प्रहरीको संख्या ४१ जना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here