चन्द्रपुर,१६ पुस । हाइटेन्सन मुनी रहेका कांचा रुख काटेर मनपरी बिक्रि वितरण गरेको पाईएको छ । बागमती देखि धन्सर खण्डमा हाइटेन्सनको नाममा काटिएको कांचा रुख मनपरी बिक्रि वितरण हुदै आएको छ । बिभिन्न ठेक्दारहरुले टिसिएन मार्फत कटान गरेको हाइटेन्सन मुनी कांचा रुख पानि चुहाउदै जिल्लाको बिभिन्न चिरान मिलमा बिक्रि वितरण गर्ने गरेको समाचार स्रोतले बताएका छन् । टिसिएनका कर्मचारीको मिलोमतोमा ३३ केबी हाइटेन्सन मुनीका कांचा रुख दाउराको नाउमा गुलिया बनाएर समेत बिक्रि वितरण भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here