बसन्त लामा
अरुण वस्ती, १९ पुस ।
वन कर्मचारीको फितलो गस्तीका कारण रौतहटको बनमा तस्करीको घटना बढेको छ । पछिल्लो समय चन्द्रपुर नगरपालिकाको वडा नं. ३ अरुण वस्ती र पुरानो नर्सरीको आसपासमा काठ तस्करी ब्यापक बढेको स्थानियले बताएका छन् । चुरे क्षेत्रमा बन कर्मचारीले गस्ती नगरेका कारण केही दिन यता काठ तस्करी ब्यापकको घटना बढेको स्थानियले आरोप लगाएका छन् । रौतहट जिल्लाको उतरी भेगमा रहेको अरुण बस्ती पुरानो नर्सरीको आसपासमा रहेके राष्ट्रिय वनबाट तस्करले रुख कटान गरी गाउकै नजिक चिरान गरी सिंगौल लगेर बिक्रि वितरण गर्ने गरेको स्थानियले बताएका छन् ।
बिगत देखिने रौतहटको जंंगल बाट कटान गरि चेरेको काठ सिंगौलको केहि तस्करीले निजगढ हुदै बारा जिल्लाको सदरमुकाम सम्म पुर्याउन गरेको छ । पहिले–पहिले चन्द्रपुर नगरपालिकाको वडा नं. ३ स्थित अरुण बस्ती र निजगढ नगरपालिकाको वडा नं. १ बाट बलेरोमा लोड गरी तस्करीले लगी रहेको अबस्थामा ९३ बटा कडी लोड भएको बलेरो जिल्ला वन कार्यालयले पक्राउ गरेको थियो । सिगौलमा रहेको काठ तस्करी र प्रहरीकै मिलोमतोमा रौतहट जिल्लाको राष्ट्रिय वनमा तस्करीले चिकान गारेको काठ बाराको निजगढ भित्रिने गर थयो । स्थानीयले रौतहटबाट चिरान काठ ल्याई रहेको अस्थाई प्रहरी पोष्ट लाइ जानकारी गराउदा समेत न पक्राउ गरेपछि स्थानियले यसमा प्रहरीको मिलोमतो हुन सक्ने स्थानियको अनुमान छ ।