चन्द्रपुर,१९ पुस । बागमती सिंचाई आयोजना कर्मैया सर्लाहीले अहिलेसम्म पनि नहरमा पानी नछाड्दा गहुं खेती गरेका रौतहटका किसानहरु मर्कामा परेका छन । आयोजनाले समयमा पानी नछाड्दा रौतहटमा लगाईएको हजारौ हजार विघाको गहुंबाली यस वर्ष प्रभावित हुने भएको छ ।
बागमती सिंचाई आयोजनाका नहरमा अहिलेसम्म पनि पानी नआउंदा मध्य तराईको अन्नको भण्डार मानिने रौतहट जिल्लाका हजारौ किसानलाई यतिखेर गहुंबालीमा पानी लगाउन समस्या भएको छ । आयोजनाले नहरमा पानी छाड्न ढिलाइ गर्दा जिल्लाको पुर्वी भेग स्थित रहेको वृन्दावन, गढिमाई, माधवनारायण लगाएत नगरपालिकाका हजारौं विघा क्षेत्रफलमा लगाइएको गहुं बालीमा पानी लगाउन किसानलाई समस्या भएको छ ।
आयोजनाले नहरमा समयमा पानी नछाडेका कारण जिल्लाका किसानहरु महंगोमा पम्पीसेट र बोरिंगबाट गहुं बालीमा पानी लगाउन बाध्य भएका छन ।
यसपालि गहुं सिजनमा नहरमा पानी नछाड्दा नदी, पोखरी, तलाउ, कुलो र पम्पसेटको सहाराले किसानहरु गहुँ खेती गर्न बाध्य भएको देखिएको छ । पम्पीसेट र बोरिंगबाट पानी लगाउदा धेरै महंगो पर्ने गरेको छ । बागमति सिचाई आयोजनाको लापरवाहीका कारण आफुहरु महंगो शुल्क तिरेर पम्पीसेट र बोरिंगबाट पानी लगाउन बाध्य भएको किसानहरुले बताएका छन । समयमै नहरमा पानी छाड्न किसानहरुले बागमति सिचाई आयोजना कर्मैया सर्लाहीसँग माग गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here