रुपेन्द्र पटेल
चन्द्रपुर, १९ पुस ।
रौतहटमा मासुको मुल्य निर्धारण नहुदा उपभोक्ताहरु ठगिन बाध्य भएका छन् । जिल्लाको चन्द्रनिगाहपुर लगायत बिभिन्न बजार क्षेत्रमा मासुको मुल्य निर्धारण नहुंदा उपभोग्ताहरु ठगिन बाध्य भएका हुन् । रौतहट मुख्य बजार क्षत्रमा गौर, गरुडा, समनपुर, कटहरिया लगायतका मासु ब्यावसायहरुको मनपरी बढेकोले मासु जन्य पदार्थको पसलहरु समयमै अनुगमन गर्ने अबस्था आएको हो उपभोक्तहरुको भनाई रहेको छ । स्थानिले रौतहटको बजारमा दिन प्रतिदिन खसी तथा कुखुराका मासुको मूल्य वृद्धिमा असमानता देखिएपछि मूल्य निर्धारण हुनु पर्नेमा जोड दिइएको हो । यसरी मासुको मुल्यमा असमानता हुंदा उपभोक्ताहरू मारमा पर्न थालेको छ । जिल्लाको चन्द्रनिगाहपुर लगायत अधिकांश बजारका मासु पसलमा मासुको मुल्य पसलै पिछे फरक फरक हुने गरेको छ । बाजरमा खसीको मासु प्रतिकेजी ७ सय ५० देखि ९ सय सम्म पाइने गरेको चन्द्रनिगाहपुरका स्थानिय व्यापारी राजेन्द्र तिवारीले बताएका छन् । मासुको मूल्य निर्धारण नगरेमा पसलैपिच्छे फरक मूल्यमा मासु बिक्री भइरहेको तिवारीको भनाइ रहेको छ । चन्द्रपुर नगरपालिकाले यस्ता झोले मासुपसलहरुमा तत्काल अनुगमन गर्न जरुरी देखिएको स्थानिय व्यापारी तिवारीको भनाई रहेको छ ।
यता चन्द्रनिगाहपुर क्षेत्रमा रहेको मासु पसलहरुमा खसीको मासु भन्दै बाख्राको मासु समेत बिक्रि वितरण हुने गरेको गुनासो बढेको उपभोक्ता हित संरक्षण मञ्च रौतहटका अध्यक्ष टिका घिमिरेले बताएका छन् । घिमरेका अनुसार चन्द्रनिगाहपुर क्षेत्रमा रहेको मासु पसलहरुलाई अनुगमनमा तिब्रता नदिंदा यस्तो अवस्था आएको बताए । रौतहटकै सर्व उत्कृष्ट मानिने चन्द्रपुर नगरपालिकाले चाडबाडको समयमा मात्र बजार अनुगमन गर्ने र चाडबांड सकेपछि बजार अनुगमन सकिने गरेको छ । उपभोक्ता हित संरक्षण मञ्च रौतहटका अध्यक्ष घिमिरेका अनुसार चन्द्रपुर क्षेत्रका मासु व्यापारीहरुले बिभिन्न फम तथा खोर मरेको कुखुराको मासु सस्तो दर रेटमा बिक्रि वितरण गरेको गुनासो समेत बढेको बताएका छन् ।
यस्ता मासु पसलेहरुलाई सम्बन्धित निकायले बजार अनुगमन गरेर तत्काल कारवाहीको दायरामा ल्याउनु पर्ने स्थानियको जोडदार माग रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here