चन्द्रपुर,२१ पुस / नेकपा ओली समुहका केन्द्रीय सदस्य तुलसरी राज गिरीले प्रधानमन्त्रीको कदम प्रतिगमन नभएर अग्रगमन भएको बताएकाछन् ।
नेकपा ओली समुहको चन्द्रपुर नगर स्तरीय बिस्तारित बैठकलाई सम्बोधन गर्दे केन्द्रीय सदस्य गिरीले प्रधानमन्त्रीलाई माधव नेपाल र प्रभण्डले काम गर्न नदिएर घेराबन्दीमा परेको बताउदै अबिस्वासको प्रस्ताव लिएर गएपछि प्रधानमन्त्रीले निर्वाचनमा जाने निर्णय गरेको बताए । अव हुने चुनावमा प्रधानमन्त्री ओलीकै नेतृत्वमा आफ्नो पार्टीले देशभरमा बहुमत ल्याउने गिरीको भनाइ थियो । सोमबार दिउसो चन्द्रनिगाहपुरमा भएको बैठकलाई सम्बोधन गर्दे अर्का केन्द्रीय सदस्य उद्धव रेग्मीले अवका दिनमा आफुहरु संगठन बिस्तारमा लाग्नुपर्ने बताएका थिय ।
उनले केपी ओली ओली सरकारले गरेका राम्रा कामका बारेमा चर्चा गर्नु भन्दा उनलाइ घेराबन्दीमा पार्ने काम भएको बताएका थिय । सो कार्यक्रममा नेकपा प्रस्ताबित केन्द्रीय सदस्य राजु धामी ,प्रलाद पौडेल ,अनेरास्वियुका केन्द्रय सदस्य रबीराना मगर लगाएतले आ आआफ्नो भनाइ राखेका थिय । कार्यक्रम नगर कमिटि अध्यक्ष शिव आचार्यको अध्यक्षतामा भएको थियो भने स्वागत मन्तब्य नगर कमिटि सचिव राजु धामीले राखेका थिय । २०७७ पुस २१ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here