बृन्दावन, २३ पुस । पछिल्लो समय समाजिक सञ्जाल फेसबुक तथा बिभिन्न सञ्चार माध्यममा रौतहटको बृन्दावन नगरपालिका र नगर प्रमुखको नाम जोडेर भ्रमक समाचारहरु प्रकाशन भएको प्रती नगरपालिका र नगरप्रमुख राम स्नेही यादवको गम्भीर ध्यानर्कषण भएको छ । सो नगरपालिकाले भ्रमक समाचारहरु प्रकाशन भएको भन्दै एक प्रेस विज्ञप्ती जारी गर्दै बुधबार पत्रकार सम्मेलन समेत गरेका थिए । रेल्वे प्रयोजनको लागि खोलाजन्य बस्तु निकाल्ने कार्यमा बाधा पुर्याउने उद्देश्यले केही अनलाईन मिडिया तथा सकाजिक सञ्जालमा भाइरल भईरहेको भ्रमक समाचार प्रति वृन्दाबन्द नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादवले बताएका छन् । नगरपालिका अन्तर्गत बागमती नदीको मटियार घाटबाट वालुवा-गिटी निकासी सम्बन्धि रौताहा÷हिमढुंगा–ठोकर÷कनकाई जेभीलाई गैरकानुनी रुपमा ठेक्का दिएर नगरलाई आर्थिक हानीनोक्सानी पुर्याएको नगरप्रमुख यादवलाई हदै सम्म कारवाही हुनुपर्ने जस्ता भ्रामक समाचारमाध्यम र समाजिक सञ्जालमा आएको समाचार प्रति गम्भीर भएर पत्रकार सम्मेलन गरेको मेयर राम स्नेही यादवले बताएका छन् । समाजिक सञ्जाल वा केही मिडियामा प्रकाशित समाचारको औचित्व नभएको हुंदा भ्रामक प्रचारवाजीको पछि नलाग्न समेत नगरप्रमुख यादवले आम जनसमुदायमा अपिल गरेका छन् । झुठा एवं हुंदै नभएको कुरा समाजिक सञ्जाल र स्थानीय समाचार माध्यममा प्रकाशितले सिंगो राष्ट्रिय गौरवको महत्वाकाक्षी परियोजनालाई असर पार्ने कार्य भएको हुंदा त्यस्ताको पछि नलाग्न सम्पूर्ण नगरवासी संग नगर प्रमुख यादवले आग्रह गरे । यस्ता भ्रमक समाचार प्रकाशन गर्ने सञ्चार माध्यममाथि नगरपालिकाले कानुनी दफा अनुसार कारवाही प्रक्रिया अगाडी बढाउने नगरप्रमुख यादवले पत्रकार सम्मेलनमा बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here