गौर, २४ पुस । रौतहटस्थित प्रचण्ड(नेपाल पक्षले रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवमार्फत प्रधानमन्त्री केपी ओलीलाई विरोधपत्र बुझाएको छ । पार्टी केन्द्रको निर्देशन अनुसार प्रधानमन्त्रीको संसद विघटन गर्ने कदमको विरोधमा विरोधपत्र पठाइएको नेकपा केन्द्रीय सदस्य युवराज भट्टराईले जानकारी दिए । गत पुस ५ गते संसद विघटनको घोषणा गरेर प्रतिगमन लाद्न खोजेकोमा उक्त कदम सच्याएर संसद पुनर्स्थापित गर्न प्रधानमन्त्री ओलीसँग माग गरिएको छ । भट्टराईले संसद विघटन गर्ने प्रधानमन्त्रीको अधिकार नभएकाले संविधानको धारा एकपटक पढ्न ओलीलाई सुझाए । विरोधपत्र बुझाउने टोलीमा भट्टराईसँगै पूर्व मन्त्री सत्यनारायण भगत, अशोक जयसवाल, कमल यादव लगायतको सहभागिता रहेको थियो ।