चन्द्रनिगाहपुर,२८ पुस । सहरी विकास मन्त्री प्रभु साहले नेपाल भारत सिमा चाडै खुल्ने बताएकाछन् । बिगत लामो समय देखीको भारतीय सिमा बन्दका कारण मारमा परेका सिमावासीलाई आश्वस्त पार्दे साहले भने म अव काठमाण्डौ गएर प्रधानमन्त्रीसंग कुरा गरेर सिमा खुलाउने छु । उनले मंगलबार चन्द्रनिगाहपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सिमा नखुलेका कारण सबै भन्दा धेरै किसान मारमा परेको बताउदै तत्काल सिमानाका खोल्ने आफ्नो पहल रहने बताए ।
नेपाल भारत सिमामा आवत जावत नहुदा सबै भन्दा मारमा किसान र सर्बसाधारण परेकाले माघको पहिलो हप्ता सम्म सिमानाका खुल्ने उनले बताएकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here