रुपेन्द्र पटेल ,
चन्द्रपुर,२८ पुस । बढ्दो सहरी करणसंगै चन्द्रपुरमा यौन ब्यावसाय समेत बढ्दो छ ।यौन ब्यावसायको स्वरुप पछिल्लो समय बदलिदै जान थालेको छ । पहिला स्थानीय होटल तथा लजमा हुने यो ब्यावसाय पछिल्लो समय जंगल र यौन ब्यावसायी महिलाको डेरामै हुने गरेको छ ।
पहिला पहिला होटेल हुने यौन व्यापार यतिबेला चन्द्रनिगाहपुरको खाजा घरमा मोलमोलाई गरेर डेरा वा भन्सर जंगलसहिया रोडमा हुने गरेको जानकारहरुको भनाइ रहेको छ । चन्द्रनिगाहपुर गौर रोडमा खुलेका खाजा घर , कटिया पसलमा पछिल्लो समय यौन ब्यावसायी महिलाहरुको मोलमोलाइ हुने गरेको छ । देशका बिभिन्न स्थानबाट आएर चन्द्रनिगाहपुरमा डेरा लिएर यौन व्यापार गर्नेका कारण सिंगो चन्द्रनिगाहपुरका नाम बदनाम हुनथालेको स्थानियको भनाइ रहेको छ । चन्द्रनिगाहपुरको गौर रोडमा कटिया पसल तथा खाजा घरको नाउमा खुलेको पसलबाट यौन जन्य कारोवार हुने गरेको समाचार स्रोतले बताएको छ ।
स्रोतका अनुसार बढ्दो सहरी करण र जनघनत्वका कारण देशका बिभिन्न स्थानबाट यौन ब्यावसाय गर्नका लागि युवतीहरु चन्द्रनिगाहपुर आउने गरेका छन् । यस्तै यौन कर्मीको पहिलो रोजाई चन्द्रनिगाहपुर सहर नै भएपछि केही यौन ब्यावसायले भने रोडमै ग्राहक खोज्दै घुम्ने गरेको पाईन्छ । रोडमा ग्राहक खोज्ने ब्यावसायले ग्राहक संग डिल गरेर अटो तथा इ–रिक्सा चढेर धन्सरको जंगलमा गएर मंगल गर्ने गरेको पाइन्छ ।
चन्द्रनिगाहपुर बजारमा भने दर्जनको हाराहारीमा सर्लाही तथा रौतहट जिल्लाका मधेसी मुलका महिलाहरुले ग्राहक खोजेर रुममै लगेर धन्दा समेत चलाउने गरेको जानकारहरुको भनाइ रहेको छ । बढ्दो सहरी करणसंगै जिल्लाभर खोलेका होटलमा पछिल्लो समय यौन ब्यावसाय हुने गरेको पाईन्छ । यस्ता यौन गतिबिधि प्रहरीले आफ्नो पहिलो प्राथमितामा राखेर रोक्नु पर्ने स्थानियको भनाई रहेको छ ।
यस्तै चन्द्रनिगाहपुरको गौर रोडको खाजा घरहरुमा भईरहेको यौन धन्दा तुरुन्त रोक्नु पर्नेमा स्थानियले जोड दिएका छन् । चन्द्रपुरको गौर रोडमा रहेको न्यु गंगा जमुना कटिया पसल र झाडु फैक्ट्री अगाडी खोलेको बिना नाम तथा बिना बोर्डको होटेलमा यौन धन्दा हुदै आएको छ ।

२०७७ पुस २८ गतेको तराई एक्सप्रेस दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here