चन्द्रपुर,२८ पुस / सहरी विकास मन्त्री प्रभु साहको प्रमुख आतिथ्यतामा चन्द्रपुर स्मार्ट सिटीको भावी योेजनाको बिषयमा बृहद छलफल कार्यक्रम सोमबार सम्पन्न भएको छ । सघन सहरी तथा भवन निर्माण कार्यलय वीरगंजको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा सहभागि हुनका लागि मन्त्री साह आउने क्रममा नेकपा प्रचण्ड –नेपाल समुहका कार्यकर्ताले कालो झण्डा देखाएका थिय । गौतम होटल अगाडी मन्त्री साहलाई कालो झण्डा देखाउने क्रममा प्रचण्ड नेपाल समुहका कार्यकर्ता अमृत श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थियो ।
उनलाई पक्राउ गरेपछि नेपाल –प्रचण्ड समुहका कार्यकताले ईलाका प्रहरी कार्यलय अगाडी नारावाजी गरेका थिय । पक्राउ परेका श्रेष्ठ छुटेका छन् ।
२०७७ पुस २८ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here