कटहरिया,२८ पुस ।

गैर सरकारी संस्था माण्डवीकी प्रमुख अन्जुु झाले आफनो छोराको जन्मदिनको अवसरमा गरीब तथा बिप्पन परिवारलाई सिरक डसना बितरण गरेकी छिन ।
जिल्लाको ईशनाथ नगरपालिका डुमरिया स्थित आफनै गाउमा सोमवार एक कार्यक्रमको आयोजना गरेर प्रमुख झाले गरीब तथा बिप्पन परिवारलाई न्यानो कपडा बितरण गरेकी हुन ।
छोराको जन्मदिनको अवसरमा कतिपयले होटेलमा पार्टी गरेर हजारौं खर्च गर्छन त्यसले सामाजिक बिकृती मात्र ल्याउँछ अन्जुु झाले भनिन तर त्यही पैसाले समाजमा बिप्पनको लागी केही गर्नसके आत्म संतुस्टी हुन्छ ।
पछिलो केहीदिन देखी बिहानै देखी चलेको सितलहरको कारण खास गरेर गरिब तथा बिप्पन बढी प्रभावित भईरहेको समयमा
अन्जुु झाले त्यस्ता समुदायमा न्यानो कपडा बितरण गरेर उदाहरणिय काम गरेकी छिन । सोमवार ईशनाथ नगरपालिकाका अन्तरगतका दुुईसय ३० परिवारलाई एकथान सिरक र एकथान डसनाको दरले बितरण भएको स्थानिय पत्रकार किशोरी यादवले बताएका छन ।
उक्त अवसरमा कतिपय दलित बिप्पनले आफुले जिवनमा पहिलो पटक एकसाथ सिरक डसना प्राप्त गरेको प्रतिकृया दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here