चन्द्रपुर,२८ पुस / २९९ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा रौतहटको चन्द्रनिगाहपुरमा वीर गोर्खालीको ब्यानरमा राजावादीहरुले प्रर्दशन गरेकाछन् ।
राजा आउ देश बचाउ,गणतन्त्र धोका हो ,नारायणहीटी खाला गर ,हाम्रो राजा आउदैछन् जस्ता नरा लगाएका थिय । उनीहरुले नारावाजी गर्दे चन्द्रपुर नगरका बिभिन्न स्थानको परिक्रमा गरेका थिय । पछिल्लो समय चन्द्रनिगाहपुरमा वीर गोर्खालीको ब्यानरमा राजावादीहरुले प्रर्दशन गर्दे आएकाछन् ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा जिल्ला सदरमुकाम गौरमा राजाका समर्थकले राजा आउ देश बचाउ भन्दै नगर परिक्रमा गरेका थिय । २९९ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरको सदुपयोग गर्दे देशमा एकता कायम गर्न राजाको खाचो रहेको बताउदै प्रर्दशन गरेका थिय ।
२०७७ पुस २८ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here