अशोक पहाडी
रौतहट,२८ पुस ।
सहरी विकास मन्त्री प्रभु साहले प्रचण्ड–नेपाल समुहको बिरोधको कार्यक्रम पनि चुनावको तयारी भएको बताएकाछन् । रौतहटको क्षेत्रनं ४ स्तरीय क्षेत्रिय कार्यकर्ता भेलालाई चन्द्रनिगाहपुरमा सम्बोधन गर्दे मन्त्री साहले प्रचण्ड –नेपाल समुहले ओली सरकारलाई घेराबन्दीमा पारेका कारण अहिलेको अवस्था आएको बताएकाछन् । आफ्नो सम्बोधनको अधिकांस समय प्रचण्डको बिरोधमा खर्चेका मन्त्री साहले माधव नेपाल स्वार्थी र प्रचण्ड माओवादीको नाममा ब्यापार गर्ने ब्यापारी भएको टिप्पणी गरेका थिय ।
लामो समयदेखी माओवादीमा बिना चुनाव अध्यक्ष बन्दै आएका प्रचण्डको कारण बादल,बैद्य,विप्लव सहितका दर्जनौ सक्कली माओवादीले उनलाई छाडेको र उनी अझै माओवादीकै नाममा ब्यापार गर्दे परिवार उत्थानमा लागेको आरोप लगाएका थिय । प्रचण्डले माओवादीको नाममा सबै सिद्धान्त बेच्दै आएको आरोप लगाउदै साहले अव आएर उनी सुर्य चिन्हको पछाडी लाग्नुलेनै उनी नक्कली कम्युष्टिको कित्तामा गइसकेको बताए ।
मन्त्री साहले भने प्रचण्डले अव हंसिया अथौडामा बिस्वास लाग्न छाडेकाले सुर्यको पछाडी लाग्नुले नै उनी अव राजनितिको अन्तिम अवस्थामा आइसकेका छन् । हिजोका प्रचण्ड अव रहेनन् हिजो गरिवको रगतमा होली खेलेर जनताको घरमा खादै हिंडने प्रचण्ड यतीबेला ब्यापारी भइसकेको र जता फाइदा हुन्छ उतै जाने गरेको साहको तर्क थियो ।
संख्या हैन सधैं सत्यको जित हुने भएका कारण यतीबेला ओली सरकार सत्यको पक्षमा रहेको साहको भनाइ थियो । प्रचण्ड नेपाल समुह अन्र्तघाती र जनता बिरोधी रहेको र ओली पक्षनै सक्कली कम्युनिष्ट रहेको बताउदै उनले कार्यकर्तालाई चुनावको तयारीमा लाग्न निर्देशन दिएका थिय ।
प्रचण्ड नेपाल प्रति लक्षित गर्दे साहले भने एक रहेको पार्र्टीलाई लामो समय देखी फुटायर सिध्याउनेहरु अहिले एक ठाउमा भएको भएपनि उनीहरु फेरी कहिले फुटने एकिन नभएको जिकिर गरे ।
उनले कार्यकर्तालाई टोल ,वडा हुदै नगर कमिटि बिस्तारमा लाग्न र चुनावको तयारीमा तत्काल जुटन निर्देशन दिएका छन् । उनले आफु मन्त्री भएपछि उखु किसानको समस्या समाधान भएको दाबी समेत गरे । उनले आफ्नो प्रयासमा माघ १ गते थारुहरुको माघी पर्वलाई राष्ट्रिय पर्वका रुपमा राष्ट्रिय बिदा दिने निर्णय गरेको समेत बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here