मोडल युभास श्रेष्ठको “कान्छी“ बोलको म्युजिक भिडियो छिट्टै बजारमा सार्बजनिक हुने भएको छ । यस अगि पनि थुप्रै भिडियोमा आफ्ना प्रस्तुति दिएका मोडल श्रेष्ठले यसपालि भने आफ्ना पृथक प्रस्तुती रहेको बताएका छन् ।
उक्त कान्छी बोलको म्युजिक भिडियो लाई विशाल राज राईले हेटौंडाको बिभिन्न स्थानमा छायांकन गर्नु भएको छ भने भिडियोमा निरु थिङले मोडल श्रेष्ठ संग काम गर्दा आफुलाई निक्कै खुशी लागेको बताउनु भयो, यस अगि पनि थुप्रै तामाङ गित लगाएत आधा दर्जन सुपर हिट गितहरुमा मोडल थिङले आफ्नो अभिनयले दर्शकलाई रिझाई सकेका छ्न ।
भिडियोमा परदेशमा गएका आफ्नो प्रेमीलाई पर्खदाको पीडा र माया प्रेमलाई उजागड गर्न खोजिएको छ, पर्दामा दिपक तामाङले समेत आफ्नो प्रस्तुति दिएका छ्न् ।
हेटौंडाका गायक सोभराज तामाङले यस अगि पनि आफ्नो उत्कृष्ट गीतहरु दर्शक श्रोता माझ ल्याएका थिए भने उत्त गीतहरु बजारमा निक्कै रुचाईएका थिए र यस “कान्छी“ बोलको गितलाई पनि दर्शकले मन पराउनु हुनेछ भन्नेमा पुर्ण बिश्वास लिएका छौ भनेर भन्नू बताउनु भयो ।