चन्द्रनिगाहपुर,२९ पुस । लगातार दुई दिनको हुस्सुका कारण जिल्लाको जनजिवन प्रभाबित बनेको छ । दुई दिन देखी बिहानै बाट दिनभरी हुस्सु लागेका कारण जिल्लाका प्रमुख ब्यापारीक बजारहरु समेत सुनसान बनेको ब्यापारीहरुले बताएका छन् । दुई दिन देखी आफ्नो ब्यापार ब्यावसायमा कमी आएको चन्द्रनिगाहपुरमा रहेको धौलागिरी मोटर साईकल बर्कसपका संचालक रामहरी त्रिपाठीको भनाइ रहेको छ । सोमबार र मंगलबार जिल्लाको गौर ,गरुडा ,चन्द्रनिगाहपुर लगाएतका स्थानमा रहेका सरकारी कार्यलयहरुमा सेवाग्राहीको संख्या समेत कम भएको ती कार्यलयका कर्मचारीहरुले बताएकाछन् ।
चन्द्रनिगाहपुरमा रहेका नापी ,मालपोत ,कर कार्यलय ,वन कार्यलय ,विद्युतमा सेवा लिन आउने सेवाग्राहीको संख्यामा कमी आएको छ । दिनभरी बाक्लो हुस्सु लागेका कारण बजारमा समेत चहल पहल देखिएको थिएन् । बजारमा सर्बसाधारणको कम उपस्थिती भएका कारण ब्यापार ब्यावसाय समेत दुईदिन देखी नचलेको स्थानीय ब्यापारी दिवाकर सापकोटाले बताएका छन् । पुस महिनाको अन्तिममा एक्कासी जाडो बढेपछि स्थानीय कपडा ब्यावसायीको भने कारोवार बढेको न्यौपाने फेन्सी स्टोर्सका संचालक श्रीराम न्यौपानेले बताए ।