गौर,२९ पुस । रौतहट प्रहरले भन्सार छलीका लाखौको सामान भन्सार कार्यालय बुझाएको छ । जिल्ला प्रहरी कार्यालय गौर रौतहटले विभिन्न मिति र समयमा भन्सार छली चोरी पैठारी गरी भारतबाट नेपाल तर्फ ल्याउने क्रममा बरामद गरेको कपडा लगाएतका सामानहरु सोमवार भन्सार कार्यालय चलान गरेको हो ।
भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ ल्याइरहेको अवस्थामा बरामद गरिएको २ लाख ५२ हजार ७ सय ७० रुपैया बराबरको मोटरसाईकलका पार्ट पुर्जाहरु, कपडा, मिठा, तिल, पेन, चप्पल, चिनी, किलम्पु, लगायतका अन्य मालबस्तुहरु भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
जिल्लाको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य अन्तर्गत जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाईहरुबाट विभिन्न मिति, समय र स्थानहरुहरुमा खटिएको प्रहरी गस्ती टोलीले राजदेवी नगरपालिका वडा नं.८ वेलविछुवाबाट उक्त सामानहरु बरामद गरेको थियो । नेपालबाट भन्सार छली चोरी निकासी गरी बोराहरु टाउकोमा बोकी भारत तर्फ लैजादै गरेको अवस्थामा प्रहरी टोलीलाई देख्नासाथ उनिहरुले बोराहारु छाडी भागेको थियो । तस्करहरु प्रहरीटोलीलाई देखेर फरार भएपछि प्रहरी टोलीले उक्त बोराहरु खोली हेर्दा बोराहरुमा उक्त सामानहरु फेला परेको थियो । बरामद गरिएको उक्त सामानहरु आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एवं प्रहरी उपरीक्षक शिद्धि विक्रम साहले जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here