चन्द्रनिगाहपुर,२९ पुस । रौतहटमा गैर कानुनी रुपमा नदि उत्खन्न गर्ने एक स्काभेटर चालकमाथी मुद्धा दर्ता भएको छ । डिभिजन वन कार्यालय रौतहटले जिल्लाको पुर्विभेग स्थित बागमति नदिबाट अबैध रुपमा ढुंगा, बालुवा र गिटि उत्खन्न गर्ने एक जना स्काभेटर चालकमाथी मुदा दर्ता गराएको छ । केहि दिन अघि मात्रै जिल्लाको वृन्दावन गरपालिका अन्तर्गत पर्ने बागमति नदिबाट मापदण्ड विपरीत बालुवा, गिटि र ढुंगा उत्खन्न गरेको अभियोगमा पक्राउ परेका हुवाण्डो स्मार्ट २२० नम्बरको स्काभेटर चालक चन्द्रपुर नगरपालिका २ निवासी विजय चौधरीमाथी मुद्धा दर्ता भएको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ । अबैध रुपमा नदि उत्खन्न गरेको भन्दै पक्राउ परेका स्काभेटर चालक चौधरीमाथी सोमवार सा“झ जिल्ला अदालत गौरमा मुदा दर्ता गरिएको जिल्ला डिभिजन तथा वन कार्यालय रौतहटका प्रमुख विनोद सिंहले जानकारी दिएका छन् । आफुहरुले उक्त खोलाको अनुगमन गर्दा स्काभेटर चालक मापदण्ड विपरीत नदि उत्खन्न गरेको र दोषी देखिएकोले चालकमाथी मुद्धा दर्ता गराएको जिल्ला वन अधिकृत सिंहले जानकारी दिए । मापदण्ड विपरीत नदिको वहावलाई नै मानव बस्तीतिर परिवर्तन गर्ने गरी नदि उत्खन्न गरिएको र नदि उत्खन्न गर्ने कार्यमा प्रयोग गरिएको उक्त स्काभेटर सहित चालकलाई स्थानीयहरुले नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय रौतहटमा बुझाएको थियो । मापदण्ड भन्दा विपरीत गएर नदि उत्खन्न गरी नदिको मुल धारलाई नै अन्यत्र परिवर्तन गर्ने कार्य गरेको भन्दै स्थानीयहरुले उक्त स्काभेटरलाई नियन्त्रणमा लिएको थियो ।