चन्द्रपुर, १ माघ । रौतहटको गुजरा नगरपालिका स्थित सिमरा भवानीपुरमा माघी महोत्सव हुने भएको छ । आजबाट महोत्सव हुने आयोजकले जनाएको छ । थारुहरुको महान पर्व माघीका अवसरमा सिमरा भवानीपुरमा बिभिन्न कार्यक्रम हुने आयोजकले जनाएको छ । थारु कल्याणकारीणी सभा रौतहटको आयोजनामा रौतहटमा माघी महोत्सव हुन लागेको हो । महोत्सव आज र भोली सम्म चल्ने आयोजक थारु कल्याणकारीणी सभा रौतहटका सचिव प्रमोद चौधरीले जानकारी दिएका छन् । महोत्सवमा दुई दिन सम्म थारु झाकी ,थारु खानाका परिकार ,तथा सास्कृतीक कार्यक्रमको आयोजना हुने चौधरीले जानकारी दिए । आज महोत्सवको उद्घाटन हुने र कार्यक्रम भोली सम्म चल्ने छ । आज दिउसो बाट महोत्वले गती लिने आयोजकको भनाइ रहेको छ । उद्धघाटनको पहिलो दिन थारु कल्याणकारीणी सभाका बिभिन्न ब्यक्तिलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ । उद्धघाटन कार्यक्रममा थारु समाजका बिशिष्ट ब्यतित्वहरुको सहभागिता रहने आयोजकले जनाएको छ । भोली अनु चौधरीको जोडदार थारु गितको प्रस्तुती रहेको आयोजक थारु कल्याणकारीणी सभाका सचिव चौधरीको भनाइ रहेको छ । सो महोत्सवमा जिल्लाभरका थारु सहित अन्य जातजातीको सहभागिता रहने आयोजकको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here