गुजरा, १ माघ । रौतहटको गुजरा नगरपालिका जंगलसैया स्थित एकजना किसानले पालेको एउटा बाख्राको घांटि रेटेर चोर समुहले तिनवटा खसी चोरेर लगेका छन । चोर समुहले गुजरा ४ जंगलसहियाका किसान ज्ञानेन्द्र राज गिरिले पालेको ३ वटा खसी गएराती चोरेर लगेका छन । गएराती चोरहरुको समूह गिरिको गोठभित्र प्रवेश गरि एउटा माउ बाख्राको धारिलो हतियारले घाँटी रेटेर मारेको स्थानीय कुमार प्रसाद चौलागाईंले बताएका छन । बाख्रालाई मारेर सोही गोठमा रहेको झन्डै ३० किलो भन्दा बढी तौलभएको तिनवटा खसी चोरले लगेको बताएका छन । तिनवटा खसी र बाख्रा गरि झन्डै ७५ हजार बराबरको क्षति भएको पीडित किसान गिरिले बताएका छन । गएरातको घटना आफुहरुले बिहान मात्र थाहा पाएको बताए । बिश्वब्यापी कोरोना माहमारिको कारण देशमा भएको लकडाउन पछि रौतहटमा चोरिको घटनामा वृद्धि भएको छ । घटनाबारे आवश्यक अनुसंधान भैरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here