रुपेन्द्र पटेल
चन्द्रपुर, ४ माघ । प्रदेश २ का भुमी व्यवस्था तथा कृषी राज्य मन्त्री योगेन्द्र यादवल लोकतन्त्रको हत्यागर्ने ओलीको अब निन्द्रा हराम हुने बताएका छन् । शनिबार रौतहटको सन्तपुर बजारमा जनता समाजवादी पार्टीले गरेको बिरोध सभा कार्यक्रम लाई सम्बोधन गर्दै मन्त्री यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम असंवैधानिक,अलोकतान्त्रिक भएको भन्द तानाशाही सरकारको बिरुद्धमा जसपा पार्टीले सडकबाट नै लोकतन्त्रको हत्यागर्ने ओलीको निन्द्रा हराम गर्ने बताएका छन् । दुई तिहाइ बहुमत प्राप्त गरेको नेकपा सरकारले व्यक्तिगत स्वार्थपूर्तिका लागि प्रतिनिधि सभा विघटन गरेर देशलाई दुर्घटना तर्फ लैजाने काम गरेको उनको भनाई छ । कार्यक्रममा मन्त्री यादवले विकाश पुरुषको नाममा ओलीको एजेन्ट बनेर जनतालाई ठगने गरेको कथित विकास प्रेमी नेतासंग समेत सचेत रहनसर्वसाधारणलाइ आग्रह समेत गरेको छ । साथै अरुपार्टीको वैकल्पिक शक्तिको रूपमा जसपा पार्टीनै रहेको उनको कथन रहेको छ । बिरोध सभा कार्यक्रमको प्रमुख अतिथीको जसपा केन्द्रीय कार्यकारिणी सदस्य एवं पूर्व मंत्री विघटित संघीय सांसद अनिल कुमार झा रहेका थिए । कार्यक्रका विशिष्ट अतिथि कार्यकारणी सदस्य हिसिला यमी,पूर्व सांसद गोविंद चौधरी, सुसीला श्रेष्ठ, भौतिक पूर्वाधार राज्य मंत्री डिम्पल झा,प्रदेश सभा सदस्य राम किशोर यादव,बिकास समिति सभापति माननिय अबुल कलाम आजाद, प्रदेस सांसद माननिय बाबुलाल साह, युवा नेता राजकुमार दास , जसपाका जिल्ला अध्यक्ष रामप्रवेश दास लगायतको सहभागिता रहेको थिए । कार्यक्रमको उद्घोषक जयनाथ यादवले गरेका थिए भने कार्यक्रमको अध्यक्षता पार्टी केंद्रीय सदस्य कन्थमुनि प्रसाद जैसवालले गरेका थिए ।