चन्द्रपुर,४ माघ /

तीनर चार दिनदेखि तराई–मधेशमा एक्कासी बढ्दै गएको हावाका कारण जाडो बढ्दा जनजीवन कष्टकर बन्दै गएको छ ।
एक्कासी वातावरणमा परिवर्तन आएर चिसो हावासंगै शीतलहर बढेकाले तराई–मधेशका जिल्लामा जाडो बढेको हो ।
तीन चार दिनदेखि तराईका क्षेत्रमा बढ्दै गएको शीतलहरले मानवजीवनसंगै गाईगोरु, खसीबाख्रा, भैंसी जस्ता घरपालुवा जनावरलाई पनि थप असर परेका कारण कष्टकर देखिएको छ । तराईवासीले केही दिनदेखि सूर्यका किरण नउदाउदा घामको अनुभूतिसमेत भएको छैन । सध्याकालदेखि बिहान ९–१० बजेसम्म बाक्लो कुहिरो लाग्ने गरेको छ । बाक्लो कुहिरो लागेका कारणले पूर्वपश्चिम राजमार्ग र सहायक मार्गको सडकमा आवतजावत गर्ने सवारी चालकले बाटो हेर्न नसकेर सडक दुर्घटना हुने खतरासमेत बढेको ट्रक चालक किरपानन्द यादवले बताए । विगत वर्षमा कुहिरो लाग्ने समयको भन्दा यो वर्ष फरक रहेको छ ।
प्रायः पुस महीनाको प्रारम्भमै अर्थात् अन्तिम डिसेम्बरदेखि जनवरीसम्म कुहिरो लाग्ने गर्दथ्यो । यस वर्ष चाहिं पुसको अन्तिम र माघको पहिलो हप्तामा बाक्लो कुहिरो लागेको हनुमाननगर कंकालनी नगरपालिका वडा नं २ का वृद्ध गोसाई मण्डलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here