रुपेन्द्र पटेल, चन्द्रपुर,४ माघ / रौतहट जिल्लामै पहिलो पटक चन्द्रनिगाहपुरमा आफ्नो शाखा बिस्तार गरेका नबिल बैंक लिमिटेडले जिल्ला बासिको मन जित्न सफल भएको छ । निकै छोटो समयमा सो बैकले ग्राहकको मन जित्न सफल भएको हो । नबिल बैंक लिमिटेडले २०७६ साल कार्तिक ६ गते पहिलो पटक आफ्नो शाखा बिस्तार गरेको थियो ।
करिब १४ महिनामै सो बैंकले रौतहटबासीकै मन जितन सफल भएको हो । जिल्लामा रहेको अन्य बैंकको तुलनामा यो बैंकले निकै कम ब्याज दरमा ऋण लगानी गर्ने भएकोले स्थानीयलाई सहज भएको ब्यापारी रबी जयसवालले बताए ।
बैंकले ८ देखि साढे ८ प्रतिशत सहुलियत दरमा ऋण लगानी गर्दै आएको नबिल बैंक लिमिटेड चन्द्रनिगाहपुरका शाखा प्रमुख बिरेन्द्र प्रसाद पटेलले बताएका छन् । शाखा बिस्तार गरेको चौंध महिनाको अवधिमा करिब ३५ करोड रुपैया“ ऋण लगानि गरी सकेको शाखा प्रमुख पटेलको भनाइ रहेको छ ।
३५ करोड मध्य व्यक्तिगत तथा कृषि कर्जा गरी १८ करोड ३२ लाख र व्यवसाय कर्जामा १६ करोड ६८ लाख रुपैयाँ ऋण लगानी गरेको पटेलले बताए । नेपाल सरकारले कृषि क्षेत्रमा अनिवार्य लगानीको लागि बैकलाई निर्देशन दिएपनि बैकले यस अघि नै कृषि क्षेत्रमा पर्याप्त लगानी गरेको शाखा प्रबन्धक पटेलको भनाइ छ । शाखाले कृषि अनुदान कर्जामा पुरुषहरुका लागि ३.६८ प्रतिशत र महिलाहरुका लागि २.६८ प्रतिशतमा लगानी गर्दै आएको उनको भनाई छ । रौतहटमा कृषिक्षेत्रको लगानी सफल रहेकोले बैकले पनि कृषिलाई प्राथमिकतामा राखेको उनले बताए । चन्द्रनिगाहपुरमा करीव १६ वटा कमर्सियल बैकहरुभएपनि केही बैकले मात्र एलसीको काम गर्दै आएकोमा नविन बैकले पनि सो सेवा सरल रुपमा उपलब्ध गराएकोले पनि यस बैक प्रति ग्राहकको आकर्षण बढेको छ । एलसी सेवा भएका कारण स्थानीय व्यापारीहले विदेशबाट सहज रुपमा सामान मगाउन सक्ने भएका कारण पनि सो बैकप्रति व्यापारीहरुको आकर्षण बढेको स्थानीय व्यापारी राजु तिवारीले बताए । एटिएम सेवा उपलब्ध गराउदै आएका उक्त नबिल बैकले केही दिनदेखी लक्कर सुबिधा समेत सञ्चालनमा ल्याएको छ । जस्ले गर्दा यहाका सर्बसाधारणले आफ्नो गर गहाना सजिलै सुरक्षीत बैकमा राख्न सकिन्छ । बैंकले सर्बसाधारणलाई बचत गराउने बानी बसाउन पनि बिभिन्न कार्यक्रम गर्दै जाने योजना रहेको शाखा प्रमुख पटेलको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here