चन्द्रपुर,६ माघ । चन्द्रपुर नगरपालिका वडानं ४ ले सो वडाका बिभिन्न स्थानमा हालेको भेटर लाईन बल्न छाडेको छ । १० वटा लाईट हालेकोमा यतीबेला ४ वटा मात्र बल्ने गरेको र बाकी ६ वटा बिग्रेको नेकपा ओली समुहका जिल्ला नेता शंकर बोलखेले जानकारी दिएकाछन् । उचित रेखदेख तथा अन्य कारणले हालेको कहीदिन नबित्दै बत्ति नबल्दा समेत सम्बन्धीत जनप्रतिनिधि मौन रहेको बोलखेले जानकारी दिएकाछन् । सो बिषयमा चन्द्रपुर ४ का वडा अध्यक्ष अमर आलेसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । स्थानीयले तत्काल ती स्थानमा बत्ति बाल्ने ब्यावस्था गर्न वडासंग माग गरेकाछन् ।
हाल्नै नपाई बत्ति बिग्रेको बिषयमा स्थानीयले वडा कार्यलयमा जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here